arrow

(अपडेट) बिहानै ५.६ म्याग्नेच्यूडको भूकम्पको धक्का, महाभूकम्पको पराकम्पनको निरन्तरता

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
earthquake.jpeg
काठमाडौं। गतबर्ष आएको विनाशकारी भुकम्प पछि सोमबार विहानै अत्याउने गरि भुकम्प महशुस गरिएको छ। विहान ५ वजेर २० मिनेटमा काठमाडौं लगायतका ठाउँमा भुकम्प महशुस गरिएको हो। एकाविहानै आएको यो भुकम्पले सुतिरहेका सबैलाई व्यूझाएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान ५ बजेर २० मिनेटमा रामेछाप र सोलुको सीमानामा ५ दशमलव ६ म्याग्निच्यूडको भूकम्प गएको हो । 
 
भूकम्पले कुनै क्षती पुर्‍याएको बारेमा केहि जानकारी भने आएको छैन। भुकम्पको धक्का पूर्वी नेपाल र भारतीय राज्य पश्चिम वगालसम्म पनि गरिएको बताइएको छ। 
 
राष्ट्रिय भूकम्प मापन केन्द्रले यसलाई बैशाख १२ को महाभूकम्पको पराकम्पन भनेको छ । रामेछाप र सिन्धुपाल्चोकको सीमामा केन्द्रबिन्दु भएर गएको यस पराकम्पनसंगै गत बर्षको बैशाखको गोरखा भूकम्पपछि पराकम्पनको संख्या ४ सय ७५ पुगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ