arrow

बाला चतुर्दशी पर्व, सतबीज छरी मनाइँदै

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
bala-chaturdashi.jpeg
काठमाडौँ । मार्ग कृष्ण पक्षको त्रयोदशीका दिन राति शिवालयमा परिवारका मृतक सदस्यको सद्गतिको सङ्कल्पसहित दीपदान र चतुर्दशीका दिन बिहान मृगस्थलीमा सतबीज छरी बाला चतुर्दशी पर्व मनाइँदै छ । 
 
यसरी दीपदान गर्नाले मृतकले सद्गति प्राप्त गर्ने धार्मिक विश्वास रहिआएको छ । यही विश्वासमा आइतबार बेलुकीदेखि नै पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ । 
 
पशुपतिमा भक्तजनका लागि व्यवस्थित रुपमा बत्ती बाल्ने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टन्डनले जानकारी दिए । 
 
चतुर्दशीका दिन बिहानै मृगस्थली क्षेत्रमा धानका सय बीउ छरेमा जन्मने र मर्ने प्रपञ्चबाट मुक्त भइने कुरा हेमाद्रिले लेखेको चतुर्वर्ग चिन्तामणिमा व्याख्या गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताए । 
 
“शास्त्रमा बरखी बारेर सेतो कपडा लगाएका बेला शिवको नामसम्म लिनु हुँदैन भनिएको छ तर व्यवहारमा प्राचीनकालदेखि नै यो परम्परा चली आएकाले यो पर्वका विषयमा खोजी गरिनु आवश्यक छ, बत्ती बाल्ने र सतबीज छर्ने बरखी बारेका बेलामा होइन अरु बेलामा हो भन्ने शास्त्रीय प्रमाण छ”– उनले भने । 
 
सतबीज सय थरी बीउ मिसाएर छर्ने भन्ने परम्परा पनि शास्त्रीय रुपमा नमिल्ने उनले बताए । धानकै सय बीउ छर्ने शास्त्रीय मान्यता भएको समितिको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ