arrow

दलका सचेतकहरु सम्मिलित बैठक सिंहदरबारमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३० आइतबार
sachatak-speaker-81-1-30.jpg

काठमाडौँ । सभामुख देवराज घिमिरेले नीति तथा कार्यक्रमको तयारी लगायतका विषयमा छलफल गर्न बोलाएको बैठक बसेको छ ।

बैठकमा कानूनमन्त्रीसहित प्रमुख दलका मुख्य सचेतक र सचेतकहरु सहभागी भएका छन् । सभामुख घिमिरेले सिंहदरबारस्थित कार्यकक्षमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री, प्रमुख दलका प्रमुख सचेतक, सचेतकको बैठक बोलाएका हुन् ।

सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले जेठ १ गते नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रस्तुत गर्ने तालिका रहेको छ ।

तर सत्ता गठबन्धन र विपक्षी दलहरुबीच तालमेल हुन नसक्दा संसद नियमित हुन सकेको छैन । सरकार सहकारी प्रकरणमा मुछिएका रवि लामिछानेबारे संसदीय छानबिन समिति बनाउन राजी नभएपछि बैठक स्थगित हुँदै आएको छ । 



नयाँ