arrow

सिटी एक्सप्रेस मनि ट्रान्सफरको यूएईमा सांगीतिक कार्यक्रम 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
city-express-81-1-31.jpg

काठमाडौँ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले यही आउँदो मे १९ तारिखमा यूएईस्थित बरदुबईको एसके सेभेन क्लबमा सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । 

उक्त कार्यक्रममा नेपालका प्रसिद्ध कलाकारहरुले आफ्नो प्रस्तुति दिने छन् । चर्चित हाँस्य कलाकार तथा सिटी एक्सप्रेस मनि ट्रान्सफरका ब्रान्ड एम्बेस्डर जितु नेपाल,  गायिका मिलन नेवार, लोक दोहोरी गायक खेम सेन्चुरी, गायिका शान्ती श्री परियार र कलाकार अञ्जली अधिकारीले विशेष प्रस्तुति दिने भएका छन् ।   

सिटी एक्सप्रेस मनि ट्रान्सफरको सेवा प्रयोग गरेर यूएईबाट थुप्रै नेपालीहरुले आफ्नो घर परिवारमा सुरक्षित तरिकाले आफ्नो दुःखको  कमाइ पठाउन सकिरहेका छन् । 

आफ्ना ग्राहक तथा यूएईस्थित सम्पूर्ण नेपालीहरुलाई मनोरञ्जन दिलाउने हेतुले यो कार्यक्रम आयोजना हुन लागेको सिटी एक्सप्रेस मनि ट्रान्सफरले जानकारी दिलाएको छ ।

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १७ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 

हालै सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सञ्चालन गरेको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ