arrow

प्रचण्डले जसपा फुटाए

प्रधानमन्त्रीले नै पार्टी फुटाएको स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन - राजकिशोर यादव [भिडियो]

जसपा नेपालद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

logo
हाम्रा कुरा
प्रकाशित २०८१ वैशाख ३१ सोमबार
jasapa-nepal-01-31.jpg

काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । सोमबार सरकारबाट बाहिरिएसँगै केन्द्रीय कार्यकारिणी समितिको बैठक बसेर सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको पार्टीका सांसद राजकिशोर यादवले बताए । उनले जनता समाजवादी पार्टी, नेपाल फुटाउन राज्य नै लागेको आरोप समेत लगाए । 

उनले सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागेको आरोप लगाउँदै त्यही सरकारमा बसिरहन उचित नरहेकाले सरकारबाट नैतिकताका आधारमा बाहिरिएको बताए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल स्वयंले पार्टी विभाजनमा आफ्नो हात रहेको उल्लेख गरेको बताए । उनले सरकारले गैर जिम्मेवारी काम गरेको र त्यसको विरुद्धमा आफूहरू लाग्ने चेतावनी दिए ।

उनले भने, ‘राज्य नै लागेर फुटाइयो । सरकारकै नेतृत्वकर्ताहरु पार्टी विभाजन गराउनका लागि लागे र पार्टी विभाजन पश्चात् राष्ट्रिय राजनीतिमा जुन घटनाहरू भइरहेका छन्, त्यहाँ नैतिक रूपले बसिरहन मिलेन । हामी १२ सिट लिएर सरकारमा सहभागी भएका थियौँ । एउटा निश्चित उद्देश्यका साथ सरकारमा सहभागी भएका थियौँ । तर दुर्भाग्यपूर्ण हाम्रो पार्टी विभाजन भयो । नैतिक रूपमा सरकारबाट राजीनामा गरेर समर्थन फिर्ता लिएका छाँै । संसदीय व्यवस्थामा गणितको ठुलो मूल्य हुन्छ, यो विभाजनमा स्वयं प्रधानमन्त्रीज्युले नै यसमा मेरो पनि हात छ, भनेर स्वीकार गरिसकेपछि त्यहाँ बसिरहन उचित लागेन । १२ को सङ्ख्या लिएर गएका थियौँ, त्यो नरहेपछि त्यहाँ राजनीतिक र नैतिक रूपमा पनि बसिरहन उचित लागेन । सरकारले गैर जिम्मेवारी काम ग¥यो त्यसको विरुद्धमा हामी लाग्नेछौँ । आन्तरिक शक्ति सञ्चय पहिला गर्नेछौँ । आन्तरिक किचलो छ, विभाजनले गर्दा ।’



नयाँ