- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
स्याङ्जा । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताएका छन् ।
स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गर्दै उनले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भने ।
“नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,” उनले भने, “राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ ।”
खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरु निरन्तर हुनु आवश्यक रहेको उनको भनाइ छ ।