arrow

आँधीका कारण होर्डिङ बोर्ड ढल्दा १४ जनाको मृत्यु, ७४ घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
hording-board-clash-mumbai.jpg

काठमाडौँ । भारतको मुम्बईमा आँधीका कारण एक सय फिट अग्लो होर्डिङ ढल्दा १४ जनाको मृत्यु भएको छ ।

मुम्बई महानगरपालिकाका अनुसार ७४ जना घाइते भएका छन् । जसमा हाल ४३ घाइतेको अस्पतालमा उपचार भइरहेको छ । 

जबकि ३१ घाइते अस्पतालबाट डिस्चार्ज भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ ।

होर्डिङ बोर्ड पेट्रोल पम्पमा ढलेको र वर्षाका कारण ओत लिएका मानिसहरुलाई लागेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

सोमबार साँझ जिमखाना नजिक भएको यो दुर्घटनापछि राष्ट्रिय प्रकोप प्रतिक्रिया बल (एनडीआरएफ), दमकल र प्रहरी टोलीलाई तत्काल राहत उपलब्ध गराउन घटनास्थलमा पठाइएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ