arrow

नागरिक हकको आवाज

सहकारी प्रकरणमा मुछिएका गृहमन्त्री लामिछानेका बारेमा कठोर बन्दै कांग्रेस, छानबिन समिति एकमात्र विकल्प

गिरी बन्धु टिस्टेट प्रकरणको दोषी तत्कालीन सरकारलाई पनि कारबाही गर्नुपर्ने माग कांग्रेसले संसदमा लैजाने तयारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १ मंगलबार
congress-parliamentary-offi.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सहकारी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नेपाली कांग्रेसले कठोर नीति लिने भएको छ । 

मंगलबार बसेको कांग्रेस संसदीय दलको बैठकले लाखौँ नेपालीहरुले सहकारीमा बचत गरेको अर्बौँ रुपैयाँको बचत रकम हिनामिना, दुरुपयोग र अपचलन भएको भन्दै तमाम सहकारी पीडितको बचतको सुरक्षाको ग्यारेन्टीका लागि पीडकलाई कारबाही गर्नु अनिवार्य रहेको भन्दै छानबिनका लागि संसदीय छानबिन समिति बनाउनै पर्ने माग गरेको छ । 

कांग्रेसले फागुनदेखि नियमित रुपले सहकारी प्रकरणको छानबिन गर्न समिति बनाउन माग गर्दै आएको छ । तर सरकारले भने सुनेको नसुने झैँ गरेको छ । 

दिनानुदिन लामिछाने प्रकरण पेचिलो बन्दै जाँदा अब भने सरकार पनि सोच्न बाध्य भएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आइतबारदेखिको सक्रियताले बुझाउँछ । 

अझ लामिछानेले आफ्ना व्यवसाय साझेदार जीबी राईलाई अघिल्लो सरकारले भगाएको बताएसँगै प्रचण्डलाईसमेत रविले मुछ्न खोजेर आफ्नै खुट्टामा बञ्चरो प्रहार गर्न खोजेका छन् । 

तीन दिनका अवधिबीच अब भने प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत रविलाई बोक्ने मुडमा नभएको बालुवाटार स्रोत बताउँछ । 

तर अधिकांश सहकारीका संचालकहरु एमालेका भएका कारणले केपी ओली संसदीय छानबिन समिति बन्यो भने आफ्ना नेता तथा कार्यकर्ता पनि मुस्किलमा पर्ने भएसँगै छानबिन समिति बनाउन नहुने धारणा राख्दै आएका छन् । 

त्यसो त केपी ओलीकै पालामा भएको गिरी बन्धु टिस्टेटबारे भए गरेका काम कारबाहीका सम्बन्धमा पनि कांग्रेस बैठकमा छलफल भएको छ । अब संसदमा सहकारी प्रकरणमात्र नभइ गिरी बन्धु टिस्टेट प्रकरणको दोषी तत्कालीन सरकारका नेतृत्वकर्तालाई पनि कारबाही गर्नुपर्ने माग कांग्रेसले संसदमा लैजाने गरी तयारी गरेको छ । 

यस्तो छ कांग्रेस बैठकको निर्णय–

प्रेस विज्ञप्ति
आज मिति २०८१।०२।०१ गते नेपाली कांग्रेस संसदीय दलको बैठक नेपाली कांग्रेस सभापति एवं संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूको अध्यक्षतामा नेपाली कांग्रेस संघीय संसद संसदीय दलको कार्यालय सिंहदरबारमा बसी देहाय बमोजिमका प्रस्तावहरु माथि छलफल भई निर्णय भयो ।

ज्ञ।    लाखौं नेपाली नागरिकले सहकारीमा जम्मा गरेको अरबौं वचत रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी भएको छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक सहकारीमा रकम जम्मा गरेका व्यक्तिहरुको वचतको सुरक्षाको ग्यारेण्टी गर्न, रकम हिनामिना भई मर्कामा परेका पिडितको रकम फिर्ता गर्न र सहकारीको रकम हिनामिना, दुरुपयोग, अपचलन र ठगी गर्नेहरु माथि कारवाही गर्न अनिवार्य भएको ठहर गर्दछ । 

द्द।    सहकारीमा वचत गरेको रकम हिनामिना, दुरुपयोग र अपचलन गर्नेमा नेपाल सरकारका उपप्रधानमन्त्री एवं गृहमन्त्री माननीय रवि लामिछाने समेत संलग्न रहेका छन् । यस बारेमा संसदीय छानविन समिति गठन गर्न नेपाली कांग्रेस लगायत अन्य विपक्षी दलले निरन्तर माग गरी रहेको सर्वविदितै छ । नेपाली कांग्रेस संसदीय दलको यो बैठक तत्काल संसदीय छानविन समिति गठन गर्न पुनः जोडदार माग गर्दछ । 

घ।    नेपाली कांग्रेसले र अन्य विपक्षी दलहरुले निरन्तर उठाउँदै आएको विषयमा सरकार गैरजिम्मेवार भई समस्याको समाधान नगरेमा यसबाट संघीय संसदका वैठक प्रभावित हुने लगायत उत्पन्न हुने सबै परिणामका लागि सरकार नै जिम्मेवार हुने यो बैठक ठहर गर्दछ । 

द्ध।    गिरी बन्धु टिस्टेटबारे भए गरेका काम कारवाहीका सम्बन्धमा बैठकमा विषय प्रवेश ग¥यो ।  

शोक प्रस्ताव
ज्ञ।    राष्ट्रिय सभाका पूर्व सदस्य एवं नेपाली कांग्रेस स्याङ्जाका पूर्व जिल्ला सभापति खगेन्द्रराज रेग्मीको आज मिति २०८१ जेठ १ गते विहान भएको दुःखद निधनले हामीलाई स्तब्ध बनाएको छ । वि.स. २००६ सालमा जन्मनु भएका रेग्मी वि.स. २०२३ साल देखि सक्रिय राजनीति शुरु गर्नु भएको थियो । पार्टीका विभिन्न तहमा रहेर पार्टी संगठन, विस्तार र सुदृढिकरणमा सक्रिय रहनु भएका रेग्मी तीन कार्यकाल जिल्ला सभापति र नेपाल तरुण दल स्याङ्जाका अध्यक्ष समेत हुनु भएको थियो । नेपालमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नु भएका स्व. रेग्मी आन्दोलनको क्रममा विभिन्न समयमा प्रहरी हिरासतका साथै ५ वर्ष भन्दा बढी बन्दी जीवन व्यतित गर्नु भएको थियो । वि.सं. २०५८ सालमा राष्ट्रिय सभा सदस्य हुनु भएका स्व. रेग्मी नेपाली राजनीतिमा सरल व्यक्तिको रुपमा परिचित हुनुहुन्थ्यो । उहाँको निधनले नेपाली कांग्रेसलाई अपुरणीय क्षति पुगेको छ । 
उहाँको निधनप्रति नेपाली कांग्रेस संसदीय दल गहिरो दुःख व्यक्त गर्दछ । साथै, दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ । दुःखको यस घडीमा शोकसन्तप्त परिवार तथा आफन्तजनमा नेपाली कांग्रेस संसदीय दल समवेदना प्रकट गर्दै नेपाली कांग्रेस संसदीय दलको यो बैठक शोक प्रस्ताव पारित गर्दछ । 
जय नेपाल !

रमेश लेखक
प्रमुख सचेतक

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ