- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार वाराणसी लोकसभा सिटका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
प्रधानमन्त्री मोदीले मंगलबार वाराणसीको जिल्ला मजिस्ट्रेटको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हुन् ।
यसअघि वाराणसी पुगेर उनले दशाश्वमेध घाट र काल भैरव मन्दिरमा पूजा गरेका थिए ।
सो अवसरमा भाजपाका राष्ट्रिय अध्यक्ष जेपी नड्डा, केन्द्रीय मन्त्रीहरू र १२ राज्यका मुख्यमन्त्रीहरू प्रधानमन्त्रीको मनोनयन कार्यक्रममा उपस्थित रहेका थिए ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तेस्रो पटक वाराणसीबाट चुनाव लड्दै छन् । यसपटक कांग्रेसले अजय रायलाई उम्मेदवार बनाएको छ ।