arrow

प्रचण्डलाई भेटेर बाबुराम कहाँ पुगे उपेन्द्र,यस्ताे छ संयुक्त वक्तव्य

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
baburam-upendra.jpeg

काठमाडौं । संविधान संशोधनको विषयलाई लिएर नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरमले मोर्चाबन्दीको औपचारिक सुरुवात गरेका छन् ।

नयाँ शक्ति पार्टी संयोजक बाबुराम भट्टराई र फोरमका अध्यक्ष उपेन्द्र यादवले सोमबार संयुक्त विज्ञप्ति जारी गर्दै संशोधनबारे एउटै धारणा सार्वजनिक गरेका छन् । भट्टराई र यादव नेतृत्वका दुई पार्टी एकीकरण हुन लागेको चर्चा चलिरहेकैबेला संयुक्त वक्तव्य आएको हो ।
 
संशोधनमा राष्ट्रिय पहिचान, अधिकार सम्पन्न संघीयता, पूर्ण समानुपातिक प्रतिनिधित्व भएको संसद, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति, प्रादेशिक अधिकार क्षेत्र भित्र स्थानीय तह र विशेष संरचना रहने व्यवस्था लगायतलाई सम्बोधन गर्नु पर्ने दुई नेताको धारणा छ । दुवैले संयुक्त रुपमा हस्ताक्षर गरी वक्तव्य जारी गरेका छन् ।

जातीय, क्षेत्रीय पहिचानलाई बल पुग्ने गरी आएको विज्ञप्तिपछि हाम्राकुरासँग संघीय समाजवादी फोरमका बरिष्ठ नेता अशोक राइले भने, ‘विज्ञप्ति निकालेकोबारे मलाई जानकारी छैन । नयाँ शक्तिसँग पार्टी एकता नभई कार्यगत एकता भएको चैं हो । बाबुरामले आन्दोलनमा सघाउँछु भनेपछि कार्यगत एकता गरिएको हो ।’ मोर्चा छोडेर पार्टीनै मिलाउने कुरा चैं ? जवाफमा उनले भने, ‘पार्टी नै मिलाउने भन्नु कुरा हैन । हामी हाम्रो मुद्दाका स्थापित गर्न आन्दोलनको बल बढाइरहेका छौं ।

प्रचण्डसँगको छलफलपछि बाबुराम कहाँ गए उपेन्द्र
उपेन्द्र यादव संविधान संशोधनका विषयमा सोमबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग गफिएपछि बाबुराम कहाँ पुगेका खुलेको छ । संविधान संशोधन प्रस्ताव दर्ताका लागि सहमति जुटाउन प्रयासरत प्रधानमन्त्री दाहालले यादवसँग छलफल गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार चन्द्रप्रकाश (चक्रपाणी) खनालले हाम्राकुरालाई जानकारी दिए ।

प्रधानमन्त्री दाहालसँग छलफल भएको केही समयपछि उपेन्द्र यादव आफ्ना नेताहरुलाई जानकारी नै नगराई बाबुराम कहाँ पुगेको बताइएको छ । उनका सहयोगिले भने पहिले वक्तव्य निकालेर मात्रै प्रचण्डलाई भेट्न गएको बताएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ