arrow

एमालेले विरोध गरेपनि पारित हुन्छ संविधान संशोधन प्रस्ताव : महन्थ ठाकुर

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
mahantha-thakur-news-lahan.jpeg

बाँके । तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफुहरुको माग पुरा नभए स्थानीय र संसदीय निर्वाचन हुन नदिने चेतावनी दिएका छन् । बाँकेको नेपालगञ्ज पुगेका ठाकुले सञ्चारकर्मीसँग संविधान संशोधन प्रस्ताव ल्याउन ढिलाइ गरी आफ्ना माग पूरा नभए विद्रोह हुने चेतावनी दिएका हुन् ।

अध्यक्ष ठाकुरले भने, ‘अहिले चर्चा गरिएको संशोधनको प्रस्ताव संसदमा दर्ता नहुँदासम्म छलफलको कुनै औचित्य छैन ।’ प्रदेश नम्बर ५ मा केही हेरफेर हुदैमा सीमांकनको विवाद टुंगियो भनेर सोच्नु हतार हुने बताए । ठाकुरले एमाले विरोध गरेपनि संविधान संशोधन र प्रदेश सीमांकन हेरफेरको प्रस्ताव सदनबाट पारित हुन सक्ने जिकिर गरे ।

एमाले विना नै दुई तिहाई पुग्ने ठाकुरको भनाई छ । सीमाङ्कनको विषयमा लचक हुन सकिने भन्दै  अधिकार सम्पन्न आयोगलाई जिम्मा दिएर जान सकिनेमा जोड दिए । यद्यपि, मोर्चा र संघीय गठबन्धन आवद्ध दलहरु सीमाङ्कनको विषयसहितको स्पष्ट खाका नल्याएसम्म सदनमा संशोधनका पक्षमा मतदान नै नगर्ने घुर्की लगाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ