arrow

योजना आयोगद्वारा १६ औँ योजना सार्वजनिक

नेपालको 'जीडीपी' एक सय खर्ब माथि पुर्‍याउने लक्ष्य [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ २ बुधबार
planning-commision-02-02.jpg

काठमाडौँ । राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजनामा आर्थिक वर्ष २०८५-८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय खर्ब रुपैयाँ भन्दा माथि पुर्‍याउने लक्ष्य राखेको छ ।

बुधबार राष्ट्रिय योजना आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५-८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य पुर्‍याउने जनाएको हो । 

आयोगले पञ्चवर्षीय योजनामा २०८०-०८१ मा ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा २०८५-८६ सम्म जीडीपी १ सय ३ खर्ब ७ अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगका प्रवक्ता यमलाल भुसालले बताए । 

उनले आर्थिक वर्ष २०८५-८६ मा नेपालको आर्थिक वृद्धिदर ७.३ प्रतिशत पुर्‍याउने लक्ष्य १६ औँ योजनाले लिएको बताए । उनले १६ औँ योजनामा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हुने लक्ष्य लिएको बताए । आगामी आर्थिक वर्ष २०८१-८२ मा ६ प्रतिशत, २०८२-८३ मा ६.६, २०८३-८४ मा ७.४, २०८४-८५ मा ७.९ र २०८५-८६ मा ७.२ प्रतिशतको आर्थिक वृद्धिदर कायम हुुने लक्ष्य १६ औँ योजनाले लिएको उल्लेख गरे । 

उनले नेपालीको १ हजार ४५६ अमेरिकी डलर प्रतिव्यक्ति आय रहेकामा आगामी पाँच वर्ष अर्थात् आर्थिक वर्ष २०८५-८६ सम्म प्रतिव्यक्ति आय वार्षिक २ हजार ३ सय ५१ अमेरिकी डलर पुर्‍याउने गरी प्रतिव्यक्ति आय बढ्ने लक्ष्य राखिएको बताए । यस्तै गरिबीको रेखामुनि रहेको जनसङ्ख्या १२ प्रतिशतमा झार्ने पनि आयोगको लक्ष्य लिएको पनि बताए । १६ औँ योजनाले मुद्रास्फीति ५ प्रतिशतभित्र कायम राख्ने, औसत आयु ७३ वर्ष र साक्षरता ८५ प्रतिशत पुर्‍याउने,बेरोजगारी दर ५ प्रतिशतमा सीमित गर्ने १६ औँ योजनाको लक्ष्य राखेको छ ।

उनले १६ औँ योजनाले विद्युत् उत्पादन ११ हजार ७ सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको पनि बताए । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैर कृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ । १६ औँ योजनामा आगामी पाँच वर्षमा सार्वजनिक,निजी र सहकारी गरी २.६ प्रतिशतले लगानी बढाउने लक्ष्य राखेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ