arrow

शान्ति र सहअस्तित्वबाट मात्र समृद्धि सम्भव: मन्त्री महत

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
mahatprakash.jpeg
काठमाडौं । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतले शान्तिका अग्रदूत भगवान गौतम बुद्धको शान्ति, सहअस्तित्व र सहिष्णुतासम्बन्धी दर्शनको आज संसारले नै अनुशरण गरिरहेको बताएका छन् ।
 
नेपाल बौद्ध धर्म संरक्षण समिति र जापानी संस्था एनपिओ एम२१ टोकियो द्वारा शुक्रबार काठमाडौंको दशरथ रङ्गशालामा आयोजित विश्वको सबैभन्दा ठूलो थान्का प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री डा महतले बुद्ध दर्शन नै अहिलेको विश्वको विकास, सहअस्तित्व र समृद्धिको बाटो हो भने।
 
मन्त्री डा महतले हिजोको दिनमा नेपालले पनि हिंसा, अबिकास र कैयौं अप्ठेराहरु भोगेकाले अब नेपाल दिगो शान्ति र विकासको बाटोमा अघि बढ्ने बताउदै अबको विकास र समृद्धि गौतम बुद्धको शान्तिको मार्गबाट मात्र सम्भव रहेको धारणा राखे ।
 
मन्त्री डा महतले नेपाल जापान दौत्य सम्बन्धको ६० वर्ष पुगेको स्मरणगर्दै नेपालको सर्वपक्षीय विकासमा जापानले पुर्‍याउँदै आएको सहयोगको सराहना गरे । सो उद्घाटन कार्यक्रममा नेपालका लागि चिनियाँ, जापानी र श्रीलङ्काली राजदूतहरुको पनि सहभागिता थियो । 
 
उक्त थान्का नेपालसहित विश्वका विभिन्न १६ देशका करिब दश हजार नागरिकको सहभागितामा आठ वर्ष लामो प्रयासपछि निर्माण भएको बताइएको छ । १९०५ किलोग्राम तौल रहेको सो थान्काको निर्माणका लागि करिब ७ हजार बर्गमीटर कपडा प्रयोग गरिएको छ ।        
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ