arrow

द्धन्द्धकालमा भत्किएका संरचनाको निर्माण सहमतिको आधारमा : मन्त्री यादव

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर १३ सोमबार
santidevi-yadhav.jpeg
पाँचथर। शान्ति तथा पुर्ननिर्माण मन्त्री शान्तिदेवी यादवले राजनितीक सहमतिको आधारमा द्धन्द्धकालमा भत्किएका संरचनाको निर्माण गर्नुपर्ने वताएकी छन् । पाँचथरको फिदिममा सोमबार स्थानिय शान्ति समिती पाँचथरले गरेको छलफल तथा अन्तक्रिया कार्यक्रममा वोल्दै मन्त्री यादवले सरकारले भत्किएका संरचना पुर्ननिर्माणका लागि कनिका छराईको वजेटले नपुग्ने उल्लेख गरिन् ।
 
दश वर्षे सशस्त्र दन्द्दकालमा भत्किएका पुर्नसंरचना निर्माणका लागि ३० अर्व रकम लाग्ने वताउदै यादवले सोको लागि राजनितीक दलहरु वीचमै सहमति गरी वजेट विनियोजन गर्नुपर्नेमा जोड दिइन् । अहिले सम्म ३३ प्रतिशत मात्रै पुर्नसरंचनाको काम भएको र वाँकी हुने तयारीमा भएपनि वजेट अभावको कारण अन्य पुर्नसंरचनाको काम अघि वढ्न नसेको उनले उल्लेख गरिन्  ।
 
मन्त्री यादवले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग गठन भएर आयोगमा ५७ हजार पिडितका उजुरी परेपनि काम अघि वढ्न नसकेको प्रति दुख ब्यक्त गरिन्  । साथै उनले द्धन्द्ध पिडितलाई एक लाख दुई लाख रुपैया राहात दिनुको कुनै अर्थ नरहने वताउँदै सीपमूलक तालिम दिएर स्वाभलम्वी बनाउन सके उनीहरु आत्मनिर्भर हुने वताइन् ।
 
  जिल्लाका दन्द्धपिडितहरुले पाउने राहात सुविधा उपलब्ध गराउने साथै नितीगत रुपमा सम्वोधन नभएका द्धन्द्द पिडितहरुको पीडा सम्वोधन गर्न ५ वुदे माग राख्दै जिल्लाका द्धन्द्ध पिडितहरुले मन्त्री यादवलाई ज्ञापनपत्र वुझाएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ