arrow

केपी ओलीले संसदमा मुठभेडका लागि प्रतिपक्षलाई उक्साउँदै, घटनाबारे यसो भन्छन् धनराज गुरुङ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ३ बिहिबार
parliament-81-2-3a.jpg

काठमाडौँ । प्रतिनिधि सभाको बिहीबार साँझको बैठक सहज बन्न सकेन । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमति नगरी सत्ताधारी दलहरु अगाडि बढ्न खोजेपछि मुठभेडको अवस्था सिर्जना भयो । 

सभामुख देवराज घिमिरेले प्रमुख प्रतिपक्षलाई पेलेरै जाने नीति बनाएर गएको भन्दै कांग्रेसले शुरुआतमै वेल घेराउ गर्न गयो । 

बिहान ११ बजे बस्ने भनिएको बैठकलाई सहमतिमा जाने भन्दै अपरान्ह ४ बजेलाई समय राखिए पनि त्यतिबेलासम्म सहमति बन्न नसकेपछि साँझ जबरजस्ती विपक्षीलाई पेलेर जाने शैलीमा सभामुख अगािड बढे । 

सो अनुसार कांग्रेस वेल घेराउ गर्न गयो । कांग्रेस उपाध्यक्ष एवं सांसद धनराज गुरुङका अनुसार प्रतिपक्षले वेल घेराउ गर्दा सत्ता पक्ष उठ्न हुँदैन । तर यो बैठकमा सत्ताधारी पनि उठेर विरोध गरे । 

गुरुङ भन्छन्, ‘वेल घेराउ गर्दा पहिलो कुरा त सत्ता पक्ष उठ्न हुँदैन । यो संसदीय मर्यादाभित्र पर्दैन । केपी ओली आफैँ उठेर तपाईँ यहाँ उभिन पाउनु हुन्न भन्नुभयो ।’

ओलीले मुठभेडका लागि उक्साएको उनको बुझाइ छ । मर्यादा नाघेर ओलीले कांग्रेसलाई पेलेर जानुपर्छ भन्ने उद्धेश्य लिएर उनी उठेर बोलेपछि उनको पछि लागेर अन्य एमाले सांसदहरु पनि उठेर प्रतिवाद गर्न थाले । 

नेता गुरुङले भने, ‘प्रतिवादको नारा लागिरहेको थियो । ओली नै उठिसकेपछि त अरुलाई पनि उठ्न सजिलो भयो । ओलीले आफैँले हट्नुस् भन्नुभयो ।’

ओलीले बुधबारदेखि नै कांग्रेसलाई उक्साइरहेका छन् । गिरीबन्धु टि–स्टेट प्रकरणमा नीतिगत भ्रष्टाचारमा मुछिएका ओलीलाई कारबाही गर्नुपर्छ भनेर कांग्रेस नेताहरुले भनेसँगै ओलीले कांग्रेस नेताहरुमाथि आक्रामक व्यवहार गरिरहेका छन् । 

संसदमा ओलीको अमर्यादित क्रियाले मुठभेड निम्त्याउन खोजेको कांग्रेस सांसदहरुको बुझाइ छ । 

यता कांग्रेस सांसदहरुले सभामुखको भूमिकालाई लिएरसमेत प्रश्न खडा गरेका छन् । सभामुख घिमिरे र एमालेका सांसदहरुबीच आँखा जुधेको कांग्रेस नेताहरुले बताएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ