- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । मदिरा नीतिमा जेल परेर चुनावभरका लागि छुटेका भारतको नयाँदिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल यतिबेला आफ्ना कारणले भन्दा पनि आफ्ना निजी सचिव (पीए) को हर्कतका कारण चर्चामा छन् ।
उनका पीए बिभव कुमारले आम आदमी पार्टीकी सांसद स्वाती मालीवालमाथि हातपात गरेपछि एफआईआर दर्ता भएको हो ।
बिहीबार स्थानीय समयअनुसार राति ११ बजे दिल्ली पुलिसले सांसद मालीवालको मेडिकल चेकअप गर्नका लागि एम्स लगेको थियो ।
बिहान ३ः१५ बजे उनको मेडिकल चेकअप भएको छ भने ३ः३० बजे घर पुगेकी थिइन् ।
भारतीय संचारमाध्यमहरुका अनुसार दिल्ली पुलिस शुक्रबार मुख्यमन्त्री केजरीवालको घरमा जान सक्नेछ । केजरीवालको घरमा सीसीटीभी लगाउने कम्पनीसँग पनि प्रहरीले सहयोग लिन सक्ने बताइएको छ ।
बिभवको घरमासमेत मारपिट आरोपमा सिविल लाइन्स थानाको प्रहरी टिम गएको छ । तर भने पञ्जाबमा रहेका छन् । दिल्ली फर्कनासाथ उनलाई प्रहरीले सोधपुछ गर्नेछ ।
उनलाई राष्ट्रिय महिला आयोगले हिजो नै पत्र पठाएकाले आज आयोग सामु बयान दिन जानुपर्नेछ ।
बिभवले गत १३ मेमा सांसद स्वातीमाथि कुटपिट गरेका थिए । घटनाको तीन दिनपछि दिल्ली पुलिस स्वातीको घरमा पुगेर बयान लिएपछि दर्ता भएको हो ।
स्वातीले देशभर अहम् चुनाव भइरहेका बेलामा देशका मुद्दा जरुरी रहेको र आफू जरुरी नरहेको उनले बताएकी छिन् ।