arrow

सत्ता साझेदार दलको अन्तरविरोधका कारण संशोधन प्रस्ताव दर्ता नभएको : महतो

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
Rajendra-Mahato.jpg.jpeg
कपिलवस्तु । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वर्तमान सरकारले संविधान संशोधनको प्रस्ताव मोर्चाको विरोधका कारण दर्ता गर्न नसकेको झुठो आरोप लगाएको बताएका छन् । 
 
प्रेस मञ्च नेपालले तौलिहवामा सोमबार  गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता महतोले सत्ता साझेदार नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)कै सभासद्हरुको विरोधका कारण सरकारले प्रस्ताव दर्ता गर्न नसकेको बताए । 
 
“सरकार गठनका बेला मोर्चासँग भएको सहमतिअनुसार पहिले संशोधन प्रस्ताव दर्ता गर्नुस्, प्रस्ताव दर्ता भइसकेपछि प्रस्तावले आन्दोलनरत मोर्चाको माग सम्बोधन हुन सक्छ या सक्दैन, त्यसका आधारमा मोर्चाले निर्णय लिन्छ” उनले भने । 
 
सो अवसरमा नेता महतोले मोर्चा राष्ट्रियता, सङ्घीय लोकतान्त्रिक गणतन्त्र र अखण्डताप्रति सदैव प्रतिबद्ध रहँदै अधिकार सम्पन्न मधेसको अधिकारका लागि मोर्चा पछाडि नहट्ने लडिरहने बताए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ