arrow

चन्दननाथका मूर्ति चोरीबारे छानविन गर्न समिति

गृहले अनुसन्धान व्युरोको टोली खटाउने

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
Chandannath-chori-news.jpeg

जुम्ला । प्रसिद्ध तीर्थस्थल चन्दननाथ मन्दिरमा भएको मूर्ति चोरीका विषयमा छानविन गर्न समिति गठन भएको छ । छानविन गर्न भन्दै सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ९ सदस्यीय समिति गठन भएको हो ।  
 
जिल्ला प्रशासनमा बसेको सर्वपक्षीय बैठकले घटनाको सत्य तथ्य छानविन गर्न सहायक प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद न्यौपानेको सयोजकत्वमा समिति गठन गरेको बताइएको छ । समितिमा जिल्लाका राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, गुठी व्यवस्थापन समिति सदस्य र पत्रकारको सम्मिलित छन् ।
 
घटनाको वास्तविक विवरण खोज्न गृह मन्त्रालयले केन्द्रीय अनुसन्धान व्युरोको टोली परिचालन गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । गएको शनिबार राति साढे १ बजेतिर मन्दिरमा चोरी भएको स्थानीयले बताएका छन् । मन्दिरमा रहेका २८ वटा मूर्ति चोरी भएका छन् ।

चन्दननाथ मन्दिरमा रहेका मुख्य दत्तात्रयको त्रिमूर्तिसहित मन्दिरमा रहेका गौतम बुद्ध, कृष्ण, महाकाल लगायतका देवताहरुको मूर्ति चोरी भएको छ । सुनको गजुर, देवताको पाइला, बहुमूल्य दायाँ र बायाँ शंख, शिंहासन पनि चोरी भएका छन् । चोरी भएका केही मूर्ति १९१२ अगाडीका भएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ