arrow

न संशोधन दर्ता, न आन्दोलन घोषणा

सबैका आ–आफ्नै खेल : बाबुराम भट्टराई संघीय गठबन्धनमा आउँदै

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
constitution-of-nepal-nna.jpeg

काठमाडौं । सत्ताधारी र संविधान संशोधनको मुद्दा उठाइरहेका दलहरुबीचको अन्तर्विरोधले संविधान संशोधनको राप घटेको छ । केही दिन यता राजनीतिक माहोल संशोधनले तातिएको थियो ।

सत्ताधारी दुई ठूला दलभित्रै अन्तर्विरोध भएपछि संविधान संशोधनको रटानमा रहेका मधेसी तथा जनजाती दलहरु पनि सेलाएका छन् ।

संघीय गठबन्धनले सरकारलाई संविधान संशोधन प्रस्ताव दर्ताका लागि दिएको समय सीमा सकिएको छ । आफुहरुले दिएको अल्टिमेटम सकिएकै दिन आन्दोलनका कार्यक्र घोषणा गर्ने बताएका संघीय गठबन्धन घटकहरु आफै अन्योलमा छन् ।

सोमबार बसेको गठबन्धन बैठकले खास कुनै निर्णय र एजेण्डा तय गर्न सकेन । संघीय समाजवादी फोरमको कार्यालयमा बसेको बैठकमा अहिले सम्म भएका प्रयासको समीक्षाबाहेक नौलो विषयमा कुरा हुन नसकेको समाजवादीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठले भने, ‘बैठकमा हाल सम्म भएका प्रयासको समीक्षा भयो । आगामी एजेण्डा सबै पार्टीका शीर्ष नेता काठमाडौं आएपछि बसेर छलफल गरी तय गर्ने मनसाय बनाएका छौं ।’ अब संविधान संशोधन पनि गर्नु हुन्न । आन्दोलन पनि हुँदैन हैन ? जवाफमा उनले भने, ‘नेताहरु आउनेवित्तिकै के गर्ने भन्ने निधो हुन्छ । हामीले सरकारलाई अझै पर्खिरहेका छौं । सरकार कसरी अघि बढ्छ हेर्छौं ।’

सोमबारको बैठकमा तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष राजेन्द्र महतो, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरतसिंह भण्डारी थिएनन् । उनीहरु काठमाडौं बाहिर रहेकाले बैठकमा थप छलफल हुन नकसेको सहअध्यक्ष श्रेष्ठले बताए ।
बैठका ठाकुर, महतो र भण्डारी बाहेक अन्य नेताहरु उपस्थित रहेको जानकारी पनि श्रेष्ठले दिए ।

संविधान संशोधन प्रस्ताव दर्ता भएन
दलीय समति जुट्न नसक्दा सोमबार पनि संविधान संशोधन प्रस्ताव दर्ता हुन सकेन । शुक्रबार, आइतबार पछि सोमबार दर्ताको हल्ला गरेपनि सत्ताधारी दलहरुले संशोधन प्रस्ताव दर्ता गर्न सकेनन् ।

सत्तारुढ दलहरुबीतमै संशोधन आवश्यक हो होइन भन्नेमै विवाद सिर्जना भएको छ भने, अगाडि बढ्ने विषयमा एउटै धारणा अझै बन्न सकेको छैन । संशोधनको माग गर्ने दलहरुले प्रस्ताव पारित गर्ने गरी स्पष्ट प्रतिवद्धता नजनाएकाले संशोधन अघि बढ्न नसकेको सत्ताधारीहरुको तर्क छ । आइतबारको मन्त्रिपरिषद् बैठकमा प्रस्ताव पेश भएपनि छलफल हुन सकेन । यस्तै, सोमबार संशोधन प्रस्तावबारे छलफल गर्न बस्ने भनेको मन्त्रिपरिषद् पनि बस्न सकेन ।

बाबुराम भट्टराई संघीय गठबन्धनमा आउँदै
श्रेष्ठले बाबुराम भट्टराईसँग आन्दोलनमा सघाउने विषयमा कुरा भइसकेको भन्दै नयाँ शक्ति संघीय गठबन्धनमा आउने विषयमा कुरा भइरहेको बताएका छन् ।
भट्टराईले आफु आन्दोलन र गठबन्धनका मुद्दामा पूर्ण सहयोग गर्ने बचन दिइसहेको बताउँदै उनले भने, ‘कार्यगत एकता गर्ने वा गठबन्धनमै सामेल हुने भन्नेमा छलफल भइरहेको छ । केही दिनमै त्यसको टुंगो लाग्छ ।’ सोमबार मात्रै संविधान संशोधनबारे भट्टराई र गठबन्धन संयोजक उपेन्द्र यादवले संयुक्त बक्तव्य निकालेर मोर्चाबन्दीको सुरुवात गरेका छन् ।

दोस्ती बाक्लियो भने गठबन्धनमै : देवकोटा
नयाँ शक्तिका प्रवक्ता खिमलाल देवकोटाले संविधान संशोधनका विषयमा समान धारणा बनेकाले संयुक्त वक्तव्य आएको बताएका छन् ।

हाम्राकुरासँग उनले भने, ‘हामीले झारा टार्ने गरेर संविधान संशोधन प्रस्ताव ल्याउनु हुँदैन र आन्दोलन समस्याको समाधान होइन भनेर समान धारणा बनाएपछि वक्तव्य आएको हो ।’ आन्दोलनले कसैको हिन हुँदैन भनेर सरकारलाई जिम्मेवार बनाउन हामीले सहयोगिको भूमिका खेल्ने खोजेको हो ।

देवकोटाले थपे, ‘तत्कालका लागि संविधान संशोधनकै विषयले कार्यगत एकता भएको हो । फर्मेट चैं यो सम्बन्ध बढेका खण्डमा गठबन्धनमै सामेल हुने नै हो ।’ यसमा ढाँट्ने कुरै छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ