arrow

सुडानमा २ नेपालीसहित ३ जना हतियारधारीको अपहरणमा

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
sudan-nnn.jpeg

एजेन्सी । सुडानको हिंसाग्रस्त क्षेत्र पश्चिम डार्फरबाट हतियारधारी समूहले संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी नियोग (यूएनएचसीआर) मा कार्यरत दुई नेपालीसहित ३ जनालाई अपहरण गरेको खुलेको छ । अपरहणमा पर्ने एक सुडानी नागरिक हुन् ।

दुई नेपाली र एक सुडानी जिनिनाबाट अपहरणमा परेकाे एक स्थानीय सरकारी अधिकारीलाई उदृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ ।

‘हतियारधारी समूहले आइतबार तीन जनालाई जिनिनाबाट अपहरण गरेको हो,  पश्चिम डार्फर राज्य सरकारका प्रवक्ता अब्देल्ह मुस्तफाको भनाई उल्लेख गर्दै एएफपीले भनेको छ, ‘अपहरणमा पर्नेमा २ नेपाली र एक सुडानी छन् । प्रहरीले अपहरणकारीलाई खोजीरहेको छ ।’

यूएनएचसीआरका अधिकारीहरुले भने अपहरणबारे तत्काल कुनै प्रतिक्रिया दिएन । यद्यपि, प्रवक्ताले घटनापछि त्यसविषयमा छलफल गर्न बैठक बसेको जानकारी गराएका छन् । जिनिनाका एक स्थानीयले बन्दुकधारी ‘फोर बाइ फोर’ वाहनमा आएको बयान दिएका छन् ।

डार्फरमा सन् २००३ देखि बढेको गृहयुद्धमा ३ लाख बढीको मृत्यु भइसकेको र  २५ लाख बढी नागरिक विस्थापित भएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ