arrow

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान : डोटीमा बालिका सम्मेलन हुँदै

logo
प्रकाश बम,
प्रकाशित २०७३ मंसिर १३ सोमबार
Doti-balika-sammelan.jpeg

डोटी । महिला तथा वाल बालिका कार्यलयले डोटीमा बालिका सम्मेलन गर्ने भएकाे छ । सोमबार सिलगढीमा पत्रकार सम्मेलन गरी कार्यालयले सम्मेलन गर्ने जानकारी गरायो । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला स्तरीय बालिका सम्मेलन हुन लागेको हो ।

मंसिर १७, १८ र १९ गते जिल्ला सदरमुकाम सिलगढीमा ‘सक्षम बालिका: समृद्ध नेपाल’ भन्ने मुल नाराका साथ सम्मेलन हुने कार्यालय प्रमुख निर्मला दाहालले बताइन् । उनले भनिन्, ‘जिल्लामा भइरहेको वाल विवाह न्यूनिकरण गर्नका लागि सम्मेलन गर्न लागिएको हो ।’  

सम्मेलनका क्रममा सडक नाटक, फुटबल, कविता, साँस्कृतिक कार्यक्रम, बाल विवाहविरुद्धको वृतचित्र प्रर्दशनीलगायत कार्यक्रम रहने युवालयका अध्यक्ष संजोक ठकुरीले बताए । सम्मेलनमा सरोबारवालाले बाल विवाहको मूल कारण संस्कार, पारिवारीक दबाव र आकर्षण नै रहेको औँल्याएका छन् ।

बालिका सम्मेलनको १७ गते औपचारीक उद्धघाटन र सोहि दिन महिला तथा बालबालिका माथि हुने हिँसाविरुद्धको पुरुष पदयात्रा पनि आयोजना गरिने बताइएको छ । सम्मेलन गर्न सामुदायिक विकास केन्द्र र युवालयले समन्वय तथा युनिसेफ र युके आइडीको सहयोग गर्ने महिला बालबालिका कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ