arrow

सहकारी र गिरीबन्धु टिस्टेटमा एमाले र रास्वपाबीच मिलेर जाने सहमति भएको गगन थापाको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ६ आइतबार
gagan-thapa81-2-6q.jpg

काठमाडौँ । नेपाली काग्रेसका महामन्त्री गगनकुमार थापाले एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीबीच सहकारी ठगी र गिरीबन्धु टि–स्टेट प्रकरण नउठाउने गरी सहमति भएको दाबी गरेका छन् । 

आइतबार पत्रकार सम्मेलन गरी उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको सहकारी प्रकरण एमालेले नउठाउने र एमालेमाथि लागेको गिरीबन्धु टि–स्टेट प्रकरण राष्ट्रिय स्वतन्त्र पार्टीले नउठाउने सहमति गरेकाले गृहमन्त्री लामिछानेले सहकारीको ठगीबारे आफूमाथि लागेको आरोप छानविन गर्न गठित समितिमा आफू नरहने बताएको जिकिर पनि गरे । 

सो विषयमा एमाले भएकाले गृहमन्त्री लामिछानेले आफूल सो समितिमा नरहने बताएको महामन्त्री थापाको जिकिर थियो । उनले गृहमन्त्रीलाई सहकारी प्रकरणमा एमालेले साथ दिने हुनाले धेरै चिन्ता नभएको पनि बताए । 

महामन्त्री थापाले भने, ‘अनि सरकारलाई अविश्वास गर्नेहरुले सरकारले बनाएर हुन्छ, समिति बनाउनु पर्छ भन्छ । यहाँ त सरकारको गृहमन्त्री नै के भनिराख्नु भएको छ भने यसमा समिति बनाउने भनिराख्नु भएको छ । म आज यहीँबाट भन्छु–बनाउने हो । आज उहाँले जुन जुन विषयमा समिति बनाउने भन्नुभएको छ । सबैमा समिति बनाए हुन्छ । अनि उहाँले आज के भन्नु भयो भने मेरो बारेमा बनाएको समितिमा म बस्नु पर्दैन । हो, तपाई बस्नु नै पर्दैन । तपाईको काम अव नेकपा एमालेले गरिदिन्छ । किनभने तपाईहरुको बीचमा एउटा राम्रो समझदारी बनेकै छ । नेकपा एमालेले सहकारी नउठाउने, तपाईहरुले गिरिबन्धु नउठाउने । त्यसैले त्यसको बारेमा धेरै चिन्ता भएन ।’

महामन्त्री थापाले संसदीय समिति बनाएर विगतमा भएका सबै घोटालाको छानविन गर्न आफूहरु तयार रहेको जवाफ पनि गृहमन्त्री लामिछानेलाई दिए ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ