arrow

मूर्ति चोरीको घटनाबारे अनुसन्धान गर्न निर्देशन

logo
प्रकाशित २०७३ मंसिर १३ सोमबार
dattatyaye-mandir.jpeg
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले दत्तात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु चोरी भएको घटनाबारे शीघ्र अनुसन्धान गरेर दोषीलाई पक्राउ गरी कारवाही गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएको छ । जुम्लास्थित प्रसिद्ध धार्मिकस्थल चन्दननाथबाबाबाट चार हात लामो दतात्रय भगवान्को मूर्तिसहित बहुमूल्य वस्तु आइतबार राती चोरी भएको थियो । 
 
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनबहादुर शाहीले जुम्लाका प्रजिअ रुद्रप्रसाद पण्डितसँग घटनाको विषयमा विस्तृत जानकारी लिनुका साथै दोषीलाई तत्काल पक्राउ गरी कारवाही गर्न निर्देशन दिइएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायद्वारा सोमबार जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 
 
यसैगरी मन्त्री शाहीले घटनाको विषयमा अनुसन्धान गर्न पुरातत्व विभागलाई समेत आवश्यक निर्देशन दिनुभएको विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयसँग मूर्ति चोरी भएको विषयलाई उच्च प्राथमिकताका साथ खोजबिन, अनुसन्धान र तहकिकात गर्न समेत मन्त्री शाहीले अनुरोध गर्नुभएको बताइएको छ । 
 
घटनाको विषयमा छानबिन गरी तथ्य सत्य पत्ता लगाउन र घटनामा संलग्नलाई तत्काल पक्राउ गरेर आवश्यक कारवाही अगाडी बढाउने निर्णय जिल्ला सुरक्षा समितिको बैठकले गरेको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ