arrow

लोकसभा निर्वाचनपछि खुल्यो रेल सेवा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
janakpur-jaynagar-railway-2078-12-19.jpg

महोत्तरी ।  भङ्गहा–जनकपुर–जयनगर रेल्वे सेवा आज बिहानदेखि पुनः सञ्चालन भएको छ । 

भारतमा जारी लोकसभा निर्वाचनका सन्दर्भमा उक्त सेवा बन्द भएको थियो । महोत्तरी र धनुषासँग सीमा जोडिएका भारतका मधुबनी र सीतामढीमा सोमबार निर्वाचन सम्पन्न भएपछि रेलसेवा प्रारम्भ भएको हो । 

नेपाल रेल्वे कम्पनी लिमिटेडले जेठ ५ देखि ७ गते सम्म रेलसेवा बन्द हुने जानकारी सार्वजनिक सूचना प्रकाशन गरेर दिएको थियो । 

सूचनमा  रेल्वे सेवा पुनः साविकबमोजिम जेठ ८ गतेदेखि नियमित सञ्चालनमा आउने जानकारी दिइएबमोजिम आज बिहानदेखि सञ्चालन भएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ