arrow

कान्तिपुरका अध्यक्ष सिरोहियाविरुद्ध पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
kailash-sirohiya-kantipur.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाशप्रसाद सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। जिल्ला अदालत धनुषाले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी गरेको धनुषा प्रहरीले जनाएको छ।

धनुषा जिल्ला अदालतका सूचना अधिकारी डम्बरप्रसाद घिमिरेले सिरोहियाविरुद्ध पक्राउ पूर्जी जारी भएको बताए।

सिरोहियाविरुद्ध दुई वटा नागरिकता लिएको आरोपमा धनुषा प्रहरीले अनुसन्धान गरिरहेको थियो।

सिरोहिया अध्यक्ष रहेको कान्तिपुर दैनिकले गृहमन्त्री रवि लामिछाने जोडिएको सहकारी ठगी र त्यसमा उनको संलग्नताबारे शृंखलाबद्ध रूपमा समाचार छापिरहेको छ।

अहिले पक्राउ पुर्जी जारी हुनुमा गृहको हात रहेको दाबी गरिएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ