arrow

चिकित्सक केसीको अवस्था थप गम्भीर, कुनै पनि बेला शक दिन पर्ने हुन सक्छ –डा लिजन महर्जन

सरकार गम्भीर भएन, १७ दिनको कीर्तिमानी आमरण अनसन

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
dr-kc.jpeg
काठमाडौं । आमरण अनसनरत प्राडा गोविन्द केसीको स्वास्थ्य स्थिति थप गम्भीर बनेको छ । अहिलेसम्मकै कीर्तिमानी १७ पटक आरमण अनसनमा बसेका केसीको कुनै पनि बेला तलमाथि हुन सक्ने भन्दै शक दिने सामग्रीसमेत तयारी अवस्थामा राखिएको छ । उपचारमा संलग्न डा. लिजन महर्जनले कुनै पनि बेला इमरजेन्सी शक दिन पर्ने भएकाले तयारी अवस्थामा राखिएको बताए ।
 
उनले भने, ‘यसअघि सरले (डा. केसी) १६ दिनसम्म आमरण अनसन बसेकाले त्यतिबेलासम्मको मात्र अनुभव थियो, १७ दिनको अनुभव नभएकाले के हुन्छ भन्नेनै हामीलाई थाहा छैन ।’ डा केसीको स्वास्थ्यबारे सरकारलेसमेत चासो दिएको छैन । 
 
के भइरहेको छ वार्ता ? 
सरकार र डा केसीका प्रतिनिधिबीचको वार्ता अगाडि बढ्नै सकेको छैन । गत आइतबारदेखि थालिएको वार्तामा सरकारी टोली झारा टार्ने किसिमले प्रस्तुत भएको डा महर्जनले बताए । 
 
सरकारी वार्ता टोली डा केसीले उठाएका मुख्य दुई माग त्रिवि उपकुलपति तीर्थ खनियाँ र आइओएमका डिन डा केपी सिंहको राजीनामाबारे कुरा नै गर्न खोेजेको छैन । 
 
केसीका तर्फबाट वार्तामा रहेका अर्का चिकित्सक वाइपी सिंहले अहिलेसम्मको अवस्था हेर्दा सरकारी वार्ता टोली के चाहन्छ भन्ने नै थाहा पाउन नसकेको बताए । 
 
यता, सरकारी वार्ता टोलीका संयोजक एवं स्वास्थ्य सचिव सेनेन्द्रराज उप्रेतीले सोमबार कुनै उपलब्धी हुन नसकेको प्रतिक्रिया दिएका थिए । 
 
डा केसीका वार्ताकार डा महर्जनले हाम्राकुरासंग कुरा गर्दै भने, ‘सरको अवस्था अत्यन्त गम्भीर भइसकेको छ, तर वार्ता टोलीले कुनै चासो नै दिएको छैन, दुई विषयमा थप गृहकार्य गरेरमात्र अर्को वार्ताका लागि बोलाउने भनिएको छ ।’
 
यसबाट भने सरकार गम्भीर नभएको स्पष्टै हुन्छ । डा केसीलाई गलाउने, थकाउने र आमरण अनसन फिर्ता लिन वाध्य पार्नेबाहेक अन्य कुरा नसोचेकोसमेत बताइन्छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ