arrow

सिरोहियाको पक्राउ आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो – गगन थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ८ मंगलबार
gagan-thapa-12-30.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्नु बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्नका लागि गरिएको बहानामात्र भएको बताएका छन् । 

सामाजिक सञ्जालमा प्रतिक्रिया दिने क्रममा महामन्त्री थापाले उनको पक्राउ राज्यसत्ताको पहुँचको दुरूपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरुलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास भएको बताएका छन् । 

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा कान्तिपुर दैनिकले नियमितजसो प्रमाणसहित समाचार प्रकाशित गरिरहँदा त्यसको प्रतिशोध स्वरुप सिरोहियालाई गलत मनसायले पक्राउ गरिएको थापाको ठहर छ । 

यद्यपि उनले कानूनभन्दा माथि कोही नहुने भन्दै गल्ती गरेको भए जोसुकैले पनि सजायको भागेदार हुनुपर्ने भन्दै सिरोहियालाई कानून विपरीतको काम गरेको भनेर पक्राउ गरिएको भनिए पनि यो बदनियतपूर्ण ढङ्गले प्रतिशोध लिन गरिएको बहाना भएको बताएका हुन् । 

यसो लेखेका छन् महामन्त्री थापाले सामाजिक सञ्जालमा–
‘प्रष्ट छु, कानूनभन्दा माथि कोही छैन र हुँदैन । गल्ति गरेको छ भने जुनसुकै तहको जो सुकै होस्, जतिसुकै शक्तिशाली होस् सजायको भागिदार हुनुपर्छ । म यसमा पनि प्रष्ट छु, आज कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई कानून विपरीतको काम गरेको भनेर पक्राउ गरेको भनिए पनि यो बदनियतपूर्ण ढङ्गले प्रतिशोध पूरा गर्न गरिएको बहाना मात्र हो । मुख्य कुरा, यो राज्य सत्ताको पहुँचको दुरूपयोग गर्दै आफूमाथि प्रश्न गर्नेहरूलाई रोक्न, विषयान्तर गर्न र आफ्नो अपराध ढाकछोप गर्न गरेको दुस्प्रयास हो । आफूमाथिका प्रश्न रोक्न यस्ता असफल प्रयास हिजो निरङ्कुशकालमा र सत्ता शक्तिको उन्मादमा धेरै पटक भएका हुन् ( हेक्का रहोस्।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ