arrow

प्रचण्डको स्पष्टोक्ति – कैलाश सिरोहियासँग कुनै रिसिइबी छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
prachanda-pm-12-22.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियासँग आफ्नो कुनै रिसिइवी नरहेको बताएका छन् ।

बुधबार बिहान चन्द्रागिरीमा भएको कार्यक्रमपछि पत्रकारहरुसँग कुरा गर्दै उनले सिरोहियासँग कुनै रिसिइवी नरहेको र अदालती प्रक्रियाबाट सजिलै छुट्ने बताए ।

उनले भने, ‘सरकारले रिसिइबी साँध्यो भन्ने कुरा आएको छ । त्यो गलत कुरा हो । उहाँसँग के हो रिसिइबी ? अदालती प्रक्रिया मैले बुझेको छु, उहाँ निर्दोष हुनुहुन्छ । सजिलै छुट्नुहुन्छ ।’ 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ