arrow

सांसद्को रोजाइ सडक, कपिलवस्तुमा १४ वटा सडक बन्ने

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
Kapilvastui-hamrakura.jpg.jpeg
चन्द्रौटा (कपिलवस्तु)। कपिलवस्तुमा सडक निर्माणका लागि सांसद्ले बजेट छुट्याएकाले जनता खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नम्बर–५ बाट निर्वाचित सङ्घीय समाजवादी फोरम नेपालका सांसद् अभिषेक प्रताप शाहले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमका लागि १८ योजना पेस गरेकोमा १४ वटा सडकका रहेका छन् । 
 
पूर्वाधार विकास कार्यक्रममा सांसद्को पहिलो रोजाइ सडक नै बनेपछि स्थानीय खुसी भएका छन् । कपिलवस्तुको क्षेत्र नं ५ मा सडकका लागि रु दुई करोड ५२ लाख ५० हजार विनियोजित गरिएको छ । त्यस्तै, नाली निर्माण, शौचालय निर्माण, बाउन्डरी र वृद्धाश्रम निर्माणका लागि सांसदले रु ५० लाख रकम विनियोजन गर्नुभएको छ । 
 
क्षेत्र नं ५ को बहादुरगन्ज इलाका प्रहरी कार्यालयदेखि माडागाउँ हँुदै पकडी गाउँसम्म सडक स्तरोन्नतिका लागि रु ४० लाख रकम विनियोजित गरेकोमा बहादुरगन्जवासी खुसी भएका छन् । सांसद शाहले शिवराज नगरपालिका–८ धर्मनगरदेखि विसुनपुर जाने सडक कालोपत्रे सडकस्तर रु २५ लाख रकम छुट्याउनु भएको छ । त्यस्तै, बहादुरगन्ज गाविसको वडा नं ८ डगरमरवाको अधुरो सडक कालोपत्रेका लागि रु ३० लाख रकम विनियोजित गरेको शाहले बताउनुभयो । 
 
शिवराज नगरपालिका वीरपुरदेखि लिंकरोडसम्म पिसिसी ढलान गर्नका लागि रु २७ लाख ५० हजार, कृष्णनगर नगरपालिका–२ बढया लिंकरोडदेखि ढेकहरिसम्म सडक पिसिसी ढलान रु २० लाख, शिवराज नगरपालिकाको पिपरी गाउँभित्रको सडक स्तरोन्नतिको लागि, कृष्णनगर नपा–११ महादेव शिवभारीको सडक स्तरोन्नति, कृष्णनगर नपा–३ सेमरा सेलर मिलदेखि कुकरभुकवा गाउँभित्रसम्मको सडक निर्माणका लागि, भगवानपुर गाविसको ठकुरापुरदेखि बैदौलीसम्म सडक निर्माण गर्न रु १०÷१० लाख विनियोजित गरिएको छ 
 
यसैगरी, विद्यानगरदेखि सौनहवा बकौली गाउँमा स्तरोन्नति गर्न रु २० लाख, रामनगर गाविसको वडा नं ४, ५, ६ पटना गाउँको भित्री सडकमा इँटा सोलिङ गर्नका लागि, गणेशपुर गाविसको गेडुवाजोतदेखि रामनगर झिंगाहा आरटिओ सडकसम्म सडक निर्माण, कृष्णनगर नपा–१० रमवापुर गाउँभित्रको सडकमा पिसिसी ढलान गर्न, भगवानपुर गाविसको हरिहरपुरदेखि ठकुरापुर हृदयनगर हँुदै गुगौलीसम्म सडक निर्माण गर्न पनि रु १०÷१० लाख विनियोजित गरिएको छ । 
 
त्यस्तै, सांसद शाहले पत्थरदेइया गाविस–२ परसहवाडिह गाउँमा नाली निर्माणको लागि रु १० लाख, रामगोरख उच्च माध्यमिक विद्यालय, बहादुरगन्जको बाउण्ड्री वालको निर्माणका रु १० लाख, कृष्णनगर नगरपालिका–५ मा सार्वजनिक सुलभ शौचालय निर्माणका लागि रु २० लाख र कृष्णनगरको झण्डेनगरमा वृद्धाश्रम निर्माण रु १० लाख विनियोजित गरेको बताउनुभयो । 
 
प्रत्यक्ष निर्वाचित सांसद्ले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा रु तीन करोड, निर्वाचन क्षेत्र विकास कार्यक्रममा थप रु ५० लाखका दरले बजेट पाउँछन् । त्यस्तै, समानुपातिकतर्फका सांसद्ले निर्वाचन क्षेत्र विकासका लागि रु ५० लाख बजेट पाउँछन् । जिल्ला विकास समितिको कार्यालयमार्फत कार्यान्वयन हुने दुवै शीर्षकको कार्यान्वयन गर्न मङ्सिर मसान्तसम्ममा योजना पेस गरिसक्नुपर्नेछ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ