arrow

अमेरिका भन्छ – नेपालले लोकतन्त्रलाई सुशासन, प्रेस स्वतन्त्रता र मौलिक अधिकार सुनिश्चित गर्ने आशा राखेका छौँ 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ९ बुधबार
usa-flag.jpg

काठमाडौँ । अमेरिकाले नेपालले लोकतन्त्रलाई सुशासन, प्रेस स्वतन्त्रता र मौलिक अधिकार सुनिश्चित गर्ने आशा राखेको जनाएको छ । नेपालका लागि अमेरिकी दूतावासले सामाजिक सञ्जालमार्फत नेपालमा कठिन संघर्षपछि प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरु सुनिश्चित गर्नेमा आशा राखेको जनाएको हो । 

दूतावासले सरकार र जनताले पनि सार्थक संवाद गर्ने आशा राखेको जनाएको छ । 

उनले अझ परिपूर्ण मुलुक बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मागदर्शक सिद्धान्त रहेको उल्लेख गरेको छ । 

मंगलबार प्रेस कार्यालयमै गएर प्रेसका व्यक्ति (कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया) लाई प्रहरीले पक्राउ गरेपछि दूतावासबाट यस्तो भनाइ आएको हो । 

यो भनाइले नेपाल सरकारलाई सचेत बन्न बल मिलेको छ । 

यस्तो छ दूतावासको सन्देश– 
“अझ परिपूर्ण मुलुक” बन्ने दिशामा आफ्नो प्रयास जारी राख्दै गर्दा अमेरिकाका निम्ति प्रेस स्वतन्त्रता, जवाफदेही र पारदर्शिता मार्गदर्शक सिद्धान्तहरू हुन् । कठिन सङ्घर्षपश्चात् प्राप्त लोकतन्त्रलाई आकार दिने कार्यलाई नेपालले जारी राख्दै गर्दा सुशासन, प्रेस स्वतन्त्रता र जनताका मौलिक अधिकारहरू सुनिश्चित गर्नेबारे नेपाल सरकार र नेपाली जनताले पनि सार्थक संवाद गर्नेछन् भन्ने आशा हामीले राखेका छौँ ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ