arrow

छोराको स्मृतिमा बुवाआमाद्धारा प्रतिक्षालय निर्माण

logo
कौरव खत्री
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
memorial_waiting_stand.jpeg
बाग्लुङ्ग।बाग्लुङ्ग जिल्लाको काडेबास गाविस वडा नं. ९ विरर्काेटमा प्रतिक्षालय निर्माण गरिएको छ ।
 
उक्त प्रतिक्षालय सोही गाविस वडा नं. ९ निवासी हाल हङकङमा रोजगारीमा कार्यरत बुवा यम बहादुर बुढाथोकी र आमा नरमाया बुढाथोकीद्धारा संयुक्त रुपमा स्व.छोरा प्रकास बुढाथोकीको स्मृतिमा उक्क्त प्रतिक्षालयको निर्माण गरिएको हो ।
करिव २ लाखको लागतमा निर्माण  सम्पन्न गरिएको प्रतिक्षालय निर्माण हो ।
 
गाँउमा प्रतिक्षालय  निर्माण भएसँगै गाँउवेशीको उकालो–ओरालो  गर्दा थकाइ मेटाउने चौपारीको रुपमा समेत प्रतिक्षालयले काम गरेको छ ।
 
गाँउलेहरुले आफ्ना सर–सामानहरु बोकेर हिड डुल गर्दा र बाटो हिड्ने बटुवाहरु लगायतलाई प्रतिक्षालयमा बसेर आराम र थकाई मार्न र भारी विसौनीका रुपमा पनि प्रतिक्षालयले निकै सहयोग पु¥याएको संस्कृति संरक्षण मञ्च बाग्लुङ्ग काडेवासका अध्यक्ष डिल बहादुर बुढाथोकीले जानकारी दिनुभयो । 
 
साथै घाम र पानीबाट पनि जोगिएर  ओत लाग्न र स–साना बैठक सरसल्लाह  गर्न समेत प्रतिक्षालयले निकै सहयोग पुग्ने हुदा स्थानीयबासिन्दाहरु  भने निकै हर्षित भएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ