arrow

खाँडले भने, ' प्रदेश ५ टुक्याउनु हुन्न भन्दा मन्त्रीबाट हटाइए भोग्न तयार छु '

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
Bal-Krishna-Khand-new.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेसका नेता तथा सरकारका रक्षा मन्त्री बालकृष्ण खाँडले प्रदेश नम्वर ५लाई टुक्रयाउने पक्षमा आफू नरहेको जानकारी काँग्रेस सभापति शेर बहादुर देउवालाई गराइसकेको बताएका छन्। पार्टी सभापतिलाई पटक पटक प्रदेश ५लाई छुट्टयाउने नहुने बारेमा आफूले प्रष्ट पारेको जनाउँदै यो विषयलाई मन्त्रीपरिषदको वैठकमा समेत राख्ने बताए। प्रदेश पाँचलाई छुट्ट्याउन भइरहेको सरकारी प्रयासमा असहमती राख्दै आएका काँग्रेसकै साँसदहरुसँग कुरा गर्दै खाँडले आफू पनि प्रदेश पाँचलाई टुक्याउने पक्षमा नरहेको बताएका हुन्। 
 
सिमाङकन हेरफेर लगायतका बिषयलाई समेटेर संसदमा पेश हुन लागेको संविधान संसोधन प्रस्ताव दलहरुबीच मतैक्यता हुनै नसकेका कारण संसदमा पेश हुन सकेको छैन। संसदमा पेश हुनु अगाडी सत्तारुढ गठवन्धनमा रहेका दलहरुबीच पनि सिमाङकन हेरफेरको विषयमा सहमति नहुँदा मन्त्रिपरिषदको वैठकमा पनि पेश हुन सकेको छैन। सरकारमा रहेका प्रमुख दल काँग्रेस र माओवादीका नेताहरुको सिमाङकन हेरफेरको विषयमा एक मत छैन। अधिकांश नेताहरु सिमाङकन हेरफेरको विपक्षमा छन्। उनीहरुले सार्वजनिक रुपमा पनि सिमाङकन हेरफेरको विषयमा आफ्नो मत राख्दै आएका छन्। 
 
प्रदेश नम्वर ५ को व्यापारिक केन्द्र रुपन्देहीबाट निर्वाचित सांसद तथा मन्त्री खाँड प्रदेशको सिमाङकनको विषयमा चुपचाप झै देखिइरहँदा उनले आफूले यस बिषयमा पार्टी सभापतिलाई जानकारी गराएको र मन्त्रीपरिषदमा पनि फरक मत राख्ने बताए। उनले आफूले प्रदेश ५को सिमाङकन हेरफेर गर्नेगरि प्रस्ताव ल्याइए त्यसको बिरुद्ध फरक मत राख्ने बताए। मंगलवार प्रदेश ५का केहि नेता तथा कार्यकर्ताहरुसँग कुराकानीका क्रममा खाँडले तर आफूले नोट अफ डिसेन्ट नै भने नलेख्ने प्रष्ट पारे। फरक मत नै राखेका कारण पार्टी सभापतिले आफूलाई सरकारबाट फिर्ता वोलाए त्यो आफू स्विकार्न तयार भएको उनको भनाइ थियो। 
 
पार्टी नेतृत्वले कार्यकर्ताहरु र स्थानिय आवाजलाई सम्वोधन गर्ने विश्वास मन्त्री खाँडको छ। गत बर्षको तराई मधेश आन्दोलनको केन्द्र विन्दु टीकापुर भएजस्तै यो पटक वुटवल हुनसक्ने खतरालाई खाँडले संकेत गरे। रक्षामन्त्री समेत रहेका खाँडले अघिल्लो पटक सहि आँकलन हुन नसक्दा टीकपुरमा नरसंहार भएको स्मरण गर्दै यो पटक वुटवलमा त्यस्तै प्रकृतीको घटना हुन सक्नेतर्फ आफूहरु चनाखो रहेको पनि बताए। 
 
आफ्नो र आफ्नो प्रदेशका जनताको कुरा लागू गराउन आफू अन्तिमसम्म लागिपर्ने जनाउँदै खाँडले तर पार्टीले गरेको निर्णय भने आफू मान्ने र त्यसको विपक्षमा भने नजाने उनले प्रष्ट्याए। पार्टीको निर्णय प्रदेश ५को सीमा निर्धारण हेरफेर गर्ने पक्षमा नहुने यदि कथं भइहालेपनि आफू त्यसलाई भने मान्ने उनले बताए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ