काठमाडौं। स्वास्थ्यमन्त्री गगन थापाले अनसनरत डा. गोविन्द केसीलाई भेटि साँझ बस्ने मन्त्रीपरिषदको वैठकमा केसीको माग सम्वोधन गर्ने बारेमा प्रधानमन्त्रीसँग कुरा गर्ने बताएका छन्। अनशनस्थल शिक्षण अस्पतालमा पुगेका मन्त्री थापाले साँझ ५ वजे बस्ने मन्त्रीपरिषदको वैठकमा प्रधानमन्त्रीसँग बिशेष समय लिएर केसीको मागको बारेमा कुरा गर्ने बताएका हुन्।
स्वास्थ्य शिक्षाको सुधार र त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नुपर्ने माग सहित केसी १७ दिनदेखि आमरण अनसनमा छन् । केही दिनदेखि सरकारी वार्ता टोली र डा. केसीका प्रतिनिधिबीच वार्ता पनि चलिरहेको छ । तर, त्रिवि उपकुलपति तीर्थ खनियाँ र चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई बर्खास्त गर्नु पर्ने डा. केसीकोमागमा सहमति जुट्न सकेको छैन ।
केसीलाई भेट्नुअघी थापाले चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डिन केशवप्रसाद सिंहलाई भेटेका थिए। केसी र सिंह पुराना मित्र हुन्। केसीको आन्दोलनमा उनले शुरुवाती चरणहरुमा ऐक्यवद्धता जनाएका थिए। तर उनकै राजीनामा मागेर केसी आन्दोलनमा उत्रिएपछि सिंहले आफूले पनि राजीनामा नदिने जनाएका छन्।