arrow

माओवादी पोलिटब्यूरोको निर्णय : संविधान संशोधनबारे शीर्ष तहमा छलफल गर्ने

बैठकका एजेण्डाबारे कुरा भएन, साँझ ५ बजे बस्ने मन्त्रिपरिषद्मा संविधान संशोधनबारे छलफल : जनार्दन शर्मा

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
mao-center-new-meeting-lokman-karki.jpeg

काठमाडौं । सत्ताधारी माओवादी केन्द्रले संविधान संशोधनबारे शीर्ष तहमा  छलफल गर्ने निर्णय गरेको छ ।  

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पोलिटब्यूरो बैठकले संविधान संशोधनबारे साँझ बस्ने मन्त्रिपरिषद्मा समेत छलफल गराउने धारणा तय गरेको पार्टी प्रवक्ता पम्फा भूषालले जानकारी दिइन् ।

यस्तै, बैठकमा सहभागि ऊर्जामन्त्री जनादर्शन शर्माले बैठकको एजेण्डाबारे छलफल नभएको र संविधान संशोधनबारे पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको ब्रिफबारे छलफल भएको हाम्राकुरालाई जानकारी दिए ।

शर्माले भने, ‘संविधान संशोधन थप छलफल गरी अघि बढाउने कुरामा सबै सदस्यहरु सकारात्मक देखिए ।’ यस्तै, साँझ ५ बजेपछि बस्ने मन्त्रिपरिषद् बैठकमा संशोधन प्रस्तावबारे छलफल गर्ने निर्णय भएको मन्त्री शर्माले जानकारी दिए । पार्टीको आन्तरिक संरचना लगायत भावी कार्ययोजनाबारे छलफल हुन नसकेको समेत मन्त्री शर्माले बताए ।

संविधान संशोधनका लागि राष्ट्रिय सहमतिको प्रयास जारी राख्ने बैठकले निर्णय गरेको छ । यस्तै, बैठकमा पार्टी अध्यक्ष दाहालले सोमबार रष्ट्रपतिसँगको  छलफलले सकारात्मक वातावरण बनेको सुनाए । एजेण्डाबारे छलफल गर्ने पोलिट्ब्यूरोको अर्को बैठक वुधबार पुन बस्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ