arrow

युरोपेली राष्ट्रले प्यालेस्टिनी राज्यलाई मान्यता दिएपछि अमेरिकाले दोहोर्‍यायो अडान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
usa-flag.jpg

काठमाडौँ । अमेरिकी सरकारले बुधवार नर्वे, आयरल्याण्ड र स्पेनले प्यालेस्टाइन राज्यलाई मान्यता दिने निर्णयलाई फिर्ता लिन आग्रह गर्दै प्यालेस्टाइनको राज्यलाई एकपक्षीय मान्यतामार्फत प्राप्त गर्न नहुने बताएको छ ।

 यस विषयमा अमेरिकाको स्पष्ट अडान रहेको बताउँदै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलेभानले राष्ट्रपति जो बाइडेनले दुई-राज्य समाधानको समर्थन गर्दै आएको बताए । 

दुई-राज्य समाधान प्रत्यक्ष वार्ताबाट मात्रै हुनुपर्ने बताए । एकपक्षीय मान्यताको माध्यमबाट गरिएको समाधान दिगो नहुने अमेरिकाको अडान छ ।

बुधवार छुट्टाछुट्टै घोषणाहरूमा, नर्वे, आयरल्याण्ड र स्पेनका सरकारहरूले प्यालेस्टाइन राज्यलाई मान्यता दिने बताएका छन् । प्यालेस्टिनी राष्ट्रपतिद्वारा उक्त कदमलाई स्वागत गरिएको छ ।

 यद्यपि इजरेलले यसको प्रतिक्रियामा तीन राष्ट्रबाट आफ्ना राजदुतहरूलाई फिर्ता बोलाएको छ । 

बाइडेनले जर्जियाको एटलान्टामा मोरेहाउस कलेजको उद्घाटन समारोहमा अमेरिकाले दुई-राज्य समाधान प्राप्त गर्न सुनिश्चितताका लागि काम गरिरहेको बताएका छन् ।

प्यालेस्टाइनीहरूले इजरेलसँगै सन् १९६७ पूर्व सीमाना र पूर्वी जेरुसेलमलाई राजधानी बनाएर स्वतन्त्र राज्य स्थापना गर्न माग गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ