arrow

चार वर्षीया बालिका बलात्कार गरेको आरोपमा जेल चलान

लैङ्गिक हिंसाविरुद्धको अभियान चल्दै, घटना बढ्दै

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
news-rep-a.jpeg

गौशाला  । चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा महोत्तरी जिल्ला अदालतले एक युवकलाई पुर्पक्षका लागि जेल चलान गरेको छ ।

गौशाला नगरपालिका– २ बस्ने १८ वर्षीय कुमार भुजेलले बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरी पुर्पक्षका लागि थुनामा राखिएको स्थानीय इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शम्भु पोखरेलले बताए ।

करिब एक महिना अ३ि गत कात्तिक १६ गते साँझ घर नजिकै खेलिरहेकी बालिकालाई घर नजिकैको ऊखुबारीमा लगेर बलात्कार गरेको आरोपमा १७ गते पक्राउ परेका अभियुक्त बिरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा दायर गरेकामा अदालतले पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएको प्रहरी निरीक्षक पोखरेलले बताए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ