arrow

शाहरुख बिमार, अस्पताल भर्ना, गर्मीले डिहाइड्रेसन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १० बिहिबार
shaharukh-khan-ipl-2024.jpg

काठमाडौँ । बलिवुड अभिनेता शाहरुख खानको स्वास्थ्य अचानक बिग्रिएपछि अस्पताल भर्ना भएका छन् । मिडिया रिपोर्टका अनुसार गर्मीका कारण शाहरुखलाई अस्पताल भर्ना गर्नुपरेको थियो । 

शाहरुख अझै अस्पतालमै रहेको बताइएको छ । केडी अस्पतालका चिकित्सकका अनुसार शाहरुखलाई डिहाइड्रेसन समस्या थियो । जुही चावला पनि शाहरुखलाई हेर्न अस्पताल पुगेकी थिइन् । 

अस्पतालबाट निस्किएपछि उनले शाहरुखको स्वास्थ्यको अपडेट दिएकी थिइन् । शाहरुख आज साँझ डिस्चार्ज हुने र मुम्बई जाने बताइएको छ ।

जुहीले शाहरुख खानको स्वास्थ्य ठीक रहेको र चाँडै डिस्चार्ज हुने बताएकी छिन् । शाहरुख खानको स्वास्थ्य र डिस्चार्जको बारेमा केडी अस्पतालले कुनै आधिकारिक घोषणा वा मेडिकल बुलेटिन जारी गरेको छैन ।

शाहरुख इन्डियन प्रिमियर लिग (आईपीएल) को पहिलो क्वालिफायरका लागि आफ्नो टिम कोलकाता नाइट राइडर्सलाई प्रोत्साहन गर्न अहमदाबाद पुगेका थिए । 

उनी पुगेसँगै फ्यानसमेत उत्साही भएका थिए । उक्त खेल जितेर कोलकाता फाइनलमा पुगिसकेको छ । फाइनल खेल आइतबार हुँदैछ । शाहरुख आइतबारसम्म निको भएर खेलाडीहरुलाई हौसला दिन जाने अपेक्षा गरिएको छ । 

पछिल्लो चार दिनदेखि अहमदाबादमा अधिकतम तापक्रम ४४ देखि ४५ डिग्री सेल्सियसको बीचमा रेकर्ड भइरहेको छ । जसका कारण शाहरुखको स्वास्थ्य बिग्रिएको अनुमान गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ