arrow

तीन महिने आयोगलाई सूचना निकाल्न सवा महिना, पीडितलाई विवरण बुझाउन २१ दिनभित्र

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
metre-byaji-2080-01-06.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सरकारले अनुचित लेनदेन (मिटरब्याज) पीडितहरुलाई आफू ठगिएको रकमको विवरण बुझाउन २१ दिनको समय दिएको छ । शुक्रबार अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले सूचना प्रकाशित गर्दै सो समयभित्र फाराम भरी जिल्ला प्रशासन कार्यालयमा बुझाउन भनेको हो । 

सूचनामा आयोगले आयोगले पीडितहरुले साहुलाई शुरूदेखि अहिलेसम्म बुझाएको रकमको यथार्थ विवरण आवश्यक भएकाले यस्तो विवरण माग गर्नुपरेको जनाएको छ । पीडितका तर्फबाट भर्ने त्यस्तो फाराम ५ पृष्ठको छ । उक्त फाराम वेभसाइटबाट डाउनलोड गर्न सकिने जनाइएको छ । 

त्यस्तै, कुनै ऋण दिने व्यक्ति आफैँ आएर विवाद मिलाउन चाहेमा जिल्ला प्रशासन कार्यालयबाट चार पन्ने अर्को फाराम भरेर बुझाउन सक्ने समेत आयोगले जनाएको छ । 

सरकारले गत वैशाख ४ गते विशेष अदालतका पूर्व न्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा तीन सदस्यीय आयोग गठन गरेको थियो । आयोगलाई त्यस्तो लेनदेनसम्बन्धी प्रतिवेदन पेश गर्न तीन महिनाको समय दिइएको छ । 

आयोग गठन भएको एक महिना भन्दा धेरै भइसक्दा बल्ल आयोगले विवरण संकलनका लागि सूचना आह्वान गरेको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ