arrow

कैलाश सिरोहिया थप तीन दिन हिरासतमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ ११ शुक्रबार
kailash-sirohia-pakrau.jpg
तस्बिर – फाइल ।

धनुषा । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अदालतले आदेश दिएको छ । शुक्रबार जिल्ला अदालत धनुषाले सिरोहियालाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । 

न्यायाधीश रोमाकान्त ज्ञवालीको इजलाशले अध्यक्ष सिरोहियामाथि लागेको आरोपको अनुसन्धान गर्न आइतबारसम्मको समय दिएको छ । 

यसअघि जिल्ला न्यायाधीश चुरामन खड्काको ईजलासले बुधबार दुवै पक्षको बहस सुनेपछि ३ दिन थुनामा राख्न अनुमति दिएको थियो ।

सिरोहियालाई प्रहरीले मंगलबार काठमाडौँबाट पक्राउ गरेर धनुषा लगेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ