arrow

प्रधानमन्त्री हाम्रो विश्वास,समर्थन फिर्ता हुँदैन: यादव

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
Mahendra-Yadav.jpeg
काठमाडौं । मधेशी मोर्चाका नेता महेन्द्र राय यादवले मोर्चाले सरकारलाई दिएको समर्थन अहिले नै फिर्ता नलिने स्पष्ट पारेका छन् । मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता यादवले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान संशोधन प्रस्ताव ल्याउनेमा आफूहरु अझै विश्वस्त रहेको बताउँदै सरकारलाई दिएको समर्थन अहिले नै मोर्चाले फिर्ता नलिने बताएका हुन् । यादवले थपे,‘सरकारले प्रस्ताव ल्याउँछ, मलाई पूर्ण विश्वास छ ।’
 
नेता यादवले सरकार गठनको पूर्वसन्ध्यामा काँग्रेस र माओवादी केन्द्रसँग मोर्चाले गरेको तीन बुँदे सहमति अहिलेसम्म कार्यान्वयन नभएको उल्लेख गर्दै सहमति कार्यान्वयनमा गम्भिर बन्नुपर्ने बताए । उनले संविधान संशोधनको लागि सरकारसँग आफूहरुको अझै विश्वास कायमै रहेको बताउँदै त्यसको लागि सत्तारुढ दलमात्रै नभई प्रमुख तीन दलहरु नै गम्भिर बन्नुपर्ने बताए । उनले सरकारले अविलम्ब संशोधन प्रस्ताव दर्ता गर्नुपर्ने जिकिर गरे । 
मोर्चा सम्मिलित संघीय गठबन्धनका तर्फबाट संविधान संशोधनको लागि सरकारलाई दिएको समयसिमा आजैबाट समाप्त भएको जनाउँदै अझैपनि प्रमुख दलहरु गम्भिर बनेर सहमतिका आधारमा प्रस्ताव दर्ता गराउनुपर्छ भन्ने पक्षमा आफूहरु रहेको उनको भनाई थियो । 
 
उनले अघि थपे,‘हामी अझैपनि आशावादी छौं, सरकारले सबैसँग सहमति गरेर प्रस्ताव ल्याउँदा राम्रो हुन्छ, हामी प्रस्ताव आओस् भन्ने पक्षमा छौं, अब ढिलाई गर्नुहुँदैन् ।’ यद्धपी उनले प्रस्ताव ल्याउने मिति तय गरेर प्रधानमन्त्री प्रचण्डले पटक–पटक झुक्याउने काम गरेको भन्दै अब म्याद तोक्ने कुरा आफूहरुलाई स्विकार्य नभएको जिकिर गरे । 
उनले प्रदेशको सिमांकनबारेको समस्या आयोगबाट टुँगो लगाउने कुरा आफूहरुलाई कुनै हालतमा मान्य नभएको जिकिर गर्दै अहिले नै संशोधनमार्फत टुँगो लगाउनुपर्ने बताए । उनले प्रस्ताव ल्याउन ढिलाई गरे आफूहरु बाध्य भएर सडक आन्दोलनमा जाने समेत चेतावनी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ