arrow

बेपर्वाह मन्त्री महासेठलाई बालेनको उपहार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १३ आइतबार
road-division-81-2-12-dust-.jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) ले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई धुलो उपहार पठाएका छन् ।

विगत दुई साता बढी समयदेखि काठमाडौँवासीले कलंकीदेखि महाराजगञ्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट व्यहोर्नुपरेको भन्दै उनले मन्त्री महासेठलाई धुलो उपहार पठाएका हुन् ।

उनले मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् । बालेनले शनिबार सामाजिक संजालमा एक पोष्ट गर्दै काठमाडौँको कलंकीदेखि महानगरको सडक निर्माण अलपत्र पारेको भन्दै महानगरले अनाहकमा गाली खाएको उल्लेख गर्दै मन्त्री महासेठलाई हरेक दिन एक ट्रक धुलो पठाउने बताएका छन् । उनले शनिबार सडक विभाग अगाडि एक ट्रक धुलो राखिदिएको भिडियोसमेत पोष्ट गरेका छन् । 

बालेनले भनेका छन्, ‘माननीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठज्यू ! तपाईंको ठाडो आदेशले भइरहेको कुनै काम रोक्न सक्नुहुन्छ भने त्यही आदेशले बनाउन पनि सक्नुहुन्छ होला । विगत १५ वर्षदेखि काठमाडौँको जनताले कलंकीदेखि महाराजगन्जसम्म रिङरोड विस्तारको नाममा धेरै धुलो र कष्ट बेहोर्नु परेको छ । काठमाडौँमा हुने आधा भन्दा बढी प्रदूषणमा त्यहाँकै धुलोको हात छ । जसले गर्दा महानगरवासीले धुलोधुँवा खानु परेको छ । त्यो बाटो प्रयोग गर्नुपर्नेहरूले सवारी साधन मर्मतमा खर्च बढी गर्नु परेको छ । पुग्न अबेला भोग्नु परेको छ र काठमाडौँ महानगरले अकारणमा गाली खानु परेको छ । यो धुलो जनताले मात्र खाँदा राम्रो देखिँदैन । जबसम्म तपाईं काम अगाडि बढाउनु हुन्न, हरेक दिन तपाईंलाई पायक पर्ने ठाउँमा एक ट्रक धुलो उपहार पठाउने छु माया सम्झेर स्वीकार्नु होला ।'

road-division-81-2-12-dust (6).jpg
road-division-81-2-12-dust (7).JPG
road-division-81-2-12-dust (8).JPG
road-division-81-2-12-dust (9).jpg
road-division-81-2-12-dust (1).JPG
road-division-81-2-12-dust (2).JPG
road-division-81-2-12-dust (3).JPG
road-division-81-2-12-dust (4).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ