arrow

केसीको स्वास्थ्य जोखिममा : रेजिडेन्ट चिकित्सकले इमर्जेन्सीबाहेक अन्य सेवा नदिने

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
kc-new-gharti.jpg.jpeg

काठमाडौं । त्रिवि शिक्षण अस्पतालको नेशनल रेजिडेन्ट डाक्टरहरु वुधबारबाट आकस्मिक बाहेकका कुनै पनि सेवामा सामेल नहुने बताएका छन् । १७ दिनदेखि अनसनरत डा. गोविन्द केसीको माग सम्बोधनमा दबाब त्रिवि शिक्षण अस्पतालको नेशनल रेजिडेन्ट डक्टर्स एशोसिएशनले वुधबारबाट रेजिडेन्टहरु आकस्मिक बाहेकका कुनै सेवामा पनि सहभागी नहुने जनाएको हो ।

संगलबार बसेको एशोसियशन बैठकले आन्दोलनलाई थप कडा बनाउने निर्णय गरेको एशोसियशन अध्यक्ष डा. लिजन महर्जनले बताए । उनले भने, ‘हामीले कालोपट्टीबाट सुरु गरेको आन्दोलन ओपीडी बहिस्कार हुँदै अन्य सेवा बहिस्कार सम्म पुगेको छ ।

डा. केसीको माग सम्बोधन भएको छैन । सरकारी पक्षले बनाएको वार्ता टोलीले कुनै प्रगति गर्न सकेन । केसीलाई भेट्ने सरकारका मन्त्रीले समेत आश्वासन मात्रै दिए ।’ डा. केसीको स्वास्थ्यवस्था जोखिममा छ ।

दशौंपटक अनशनमा बसेका डा. केसीको अनसन हाल सम्मकै लामो भएको र माग सम्बोधन हुन नभएकाले एशोसियशनले यो निर्णय लिन बाध्य भएको महर्जनले बताए । मंगलबार मात्रै स्वास्थ्यमन्त्री गगन थापाले केसीलाई भेटेर मन्त्रिपषिद्मा कुरा गर्ने आश्वासन दिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ