arrow

संविधान संशोधनबारे छलफल गर्न मन्त्रिपरिषद् बस्यो

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
cabinet-aaja-nnn.jpeg

काठमाडौं । संविधान संशोधनका विषयमा छलफल गर्न बालुवाटारमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बसेको छ ।

ढिलोगरी सुरु भएको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सबै मन्त्रीको भनाई सुनेका छन् । बैठकमा संविधान संशोधन संसदमा पारित हुने अबस्थामा प्रस्ताव अघि बढाउने सहमति जुटाइने प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए ।

बैठकमा अन्य विषयमा कुरा हुने बताइएपनि मुख्य गरेर संविधान संशोधनकै विषयमा छलफल गर्न बैठक बसेको आचार्यले बताएका छन् । संविधान संशोधन प्रस्ताव मंगलबारै दर्ता संसद सचिवालयलाई तयारी अवस्था राखिएको बताइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ