arrow

संशोधन प्रस्ताव दर्तामा ढिलाई गरिए आन्दोलन चर्काउने महतोको चेतावनी

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
Rajendra-Mahato.jpg.jpeg

नवलपरासी । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधान संशोधन प्रस्ताव दर्ता गर्न ढिला गरिए आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

मंगलबार नवलपरासी आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष महतोले संविधान संशोधन प्रस्ताव संसदमा दर्ता नभएसम्म कार्यान्वयनको काम अघि बढ्नै नसक्ने तर्क गर्दै यसमा ढिलाई गरिए आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

महतोले देशको संक्रमणकालीन अवस्थालाई अन्त्य गर्न संविधान संशोधन गर्नुको विकल्प नभएको समेत बताए ।

संविधान संशोधन प्रस्ताव दर्ता नभए प्रमुख तीन पार्टीले त्यसको जिम्मेवारी लिनुपर्ने अध्यक्ष महतोका तर्क छ । सोमबार मात्रै बसेको संघीय गठबन्धनको बैठकले सरकार आफुहरुका मागप्रति संवेदनशील नभएको निष्कर्ष निकालेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ