arrow

सात सय ५३ मध्ये पाँच पालिकाले गरे शून्य बेरुजु कायम

logo
सरोज अधिकारी, 
प्रकाशित २०८१ जेठ १४ सोमबार
mahabharat-gaupalika-buildi.jpg
तस्बिर – महाभारत गाउँपालिकाको नवनिर्मित भवन ।

काभ्रेपलाञ्चोक । देशभरमा ७५३ स्थानीय तहमध्ये ७४६ ले लेखापरीक्षण गराएको जसमध्ये पाँच स्थानीय तहले मात्रै शून्य बेरुजु कायम गरेका छन् । त्यसमा काभ्रेको महाभारत गाउँपालिका पर्न सफल भएको छ महालेखा परीक्षकको कार्यालयले ६१ औँ वार्षिक प्रतिवेदन सार्वजनिक गरेको छ । 

उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९–०८० को महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । आइतबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१औँ वार्षिक प्रतिवेदनमा महाभारत गाउँपालिकाको बेरुजु शून्य रहेको छ । 

प्रतिवेदनअनुसार महाभारत गाउँपालिकापछि पनौती नगरपालिका कम बेरुजुमा परेको छ भने रोशी गाउँपालिका तेस्रो स्थानमा रहेको छ । महाभारत गाउँपालिकाले आर्थिक वर्ष २०७९–८० मा एक अर्ब २५ करोड ४४ लाख ६२ हजारको लेखापरीक्षण गरेकोमा बेरुजु शून्य रहेको छ । 

त्यसरी नै पनौती नगरपालिकाले २ अर्ब ६६ करोड ५९ लाख ९७ हजारको लेखापरिक्षण गरेकोमा शून्य दशमलव १६ प्रतिशत अर्थात् ४२ लाख ४ हजार बेरुजु रहेको छ । 

त्यस्तै कम बेरुजुमा तेस्रो रहेको रोशी गाउँपालिकाले एक अर्ब ८२ करोड ५१ लाख ४७ हजारको लेखापरीक्षण गरेकोमा शून्य दशमलव २२ प्रतिशत अर्थात् ४० लाख ७७ हजार बेरुजु रहेको छ । 

काभ्रेको स्थानीय तहहरूमा सबैभन्दा बढी बेरुजु भुम्लु गाउँपालिकाको रहेको छ । जसको आर्थिक वर्ष २०७९–८० मा एक अर्ब २० करोड ६९ लाख ४ हजारको लेखापरीक्षण गरेकोमा ४ दशमलव २३ प्रतिशत अर्थात् ५ करोड ९ लाख ९४ हजार बेरुजु रहेको छ । 

नमोबुद्ध नगरपालिकाले आर्थिक वर्ष २०७९–८० मा एक अर्ब ५६ करोड ८८ लाख ९० हजारको लेखापरीक्षण गरेकोमा ३ दशमलव २६ प्रतिशत अर्थात् ५ करोड ११ लाख ६९ हजार बेरुजु रहेको छ । 

त्यस्तै पाँचखाल नगरपालिकाको एक अर्ब ८५ करोड ५८ लाख ४३ हजारको लेखापरीक्षण गरेकोमा १ दशमलव ९९ प्रतिशत अर्थात् ३ करोड ६९ लाख ४३ हजार, चौरी देउरालीको एक अर्ब १ करोड ८३ लाख ८१ हजारको लेखापरीक्षण गरेकोमा १ दशमलव ७९ अर्थात् १ करोड ८२ लाख ७३ हजार, धुलिखेल नगरपालिकाको एक अर्ब ६३ करोड ४५ लाख ४० हजारको लेखापरिक्षण गरेकोमा १ दशमलव ६३ प्रतिशत अर्थात् २ करोड ६६ लाख ८८ हजार, मण्डनदेउपुर नगरपालिकाको १ अर्ब ६७ करोड १७ लाख ९९ हजारको लेखापरीक्षण गरेकोमा १ दशमलव ४२ प्रतिशत अर्थात् २ करोड ९ लाख ७३ हजार, बेथानचोक गाउँपालिकाको एक अर्ब ४२ करोड २७ लाख ४३ हजारको लेखापरीक्षण गरेकोमा १ दशमलव २१ अर्थात् १ करोड ७१ लाख ८४ हजार, खानीखोला गाउँपालिकाको ८९ करोड ८६ लाख ३ हजारको लेखापरीक्षण गरेकोमा १ दशमलव १९ प्रतिशत अर्थात ७ लाख ८ हजार, बनेपा नगरपालिकाको २ अर्ब ४२ करोड ३७ लाख ९३ हजारको लेखापरीक्षण गरेकोमा १ दशमलव ०२ प्रतिशत अर्थात २ करोड ४७ लाख २५ हजार र तेमाल गाउँपालिकाको १ अर्ब २६ करोड २५ लाख ७ हजारको लेखापरीक्षण गरेकोमा शून्य दशमलव ६६ प्रतिशत अर्थात् ८३ लाख ४५ हजार बेरुजु रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ