arrow

पार्टीलाई एकढिक्का बनाउनु अहिलेको आवश्यकता :कोषाध्यक्ष यादव

logo
जितेन्द्र भण्डारी,
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
santidevi-yadhav.jpeg
पाँचथर । नेपाली काग्रेंसकी कोषाध्यक्ष तथा शान्ति तथा पुर्ननिर्माण मन्त्री सितादेवी यादवले पाटी गुट उपगुटमा फसेको भन्दै पाटीलाई शिर्षस्थ नेतृत्वले एक ढिक्का बनाएर लैजानुपर्ने वताएकी छन् ।
 
पाँचथरको फिदिममा मंगलबार विहान पाटी कार्यकर्तासँग  भेटघाट कार्यक्रममा वोल्दै यादवले पाटीलाई एक ढिक्का बनाएर लैजानुपर्ने उल्लेख गरिन् । यादवले भनिन् ,“ तेह्रौ अविधेशन एकताको महाधिवेशन भनिएपनि त्यो हुन सकेको छैन पार्टीलाई एक बनाएर लैजान शिर्षस्थ नेतृत्व जिम्मेवार बन्नुपर्ने हुन्छ,।”
 
महाधिवेशन भएको लामो समय वितिसक्दा पनि पदाधिकारी चयन गर्न ढिलाई गर्नु दुखद भएको उनले वताइन् । यस्तै रकम अभावले दन्द्द पिडितहरुलाई राहात दिन नसकेको वताउँदै आफूले प्रधानमन्त्री तथा अर्थमन्त्रालयमा यथेष्ट वजेट विनियोजन गर्न माग गरेको जानकारी गराइन् ।
 
 सोही कार्यक्रममा वोल्दै नेपाली काग्रेसका केन्द्रिय सदस्य तथा उद्योग वाणिज्य हकहित सम्वद्ध संसदिय सभापति भिष्मराज आङदेम्बेले साना तिना कुरामा नअल्झिकन पार्टीको संगठन विस्तार र सुदृढिकरणमा लाग्न सवै कार्यकर्तालाई निर्देशन दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ