arrow

मीरा राणा र प्राडा ध्रुवेशचन्द्र रेग्मी सम्मानित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
mira-rana-pokhara.jpg

पोखरा । चर्चित गायिक मीरा राणा र सितारवादक प्राडा ध्रुवेशचन्द्र रेग्मी पोखरामा सम्मानित भएका छन् । संगीत प्रशिक्षण केन्द्र पोखराद्वारा सञ्चालित लालबहादुर चण्डेश्वरी ढेवाजु स्मृति संगीत पुरस्कारबाट गायिका राणा र संगीतकर्मी रेग्मी सम्मानित भएका हुन् ।

वरिष्ठ कलाकार एवं कार्टुनिस्ट दुर्गा बराल वात्स्यायनले उनीहरुलाई सम्मान गरे। एक लाख एक रुपैयाँ राशिको पुरस्कारबाट यसअघि अम्मर गुरुङ, दीप श्रेष्ठ, गायक सरोज गोपाल बज्राचार्य, धनबहादुर गायक, कल्याण शेरचन, बाबा राणा, अमृत गुरुङ, रामभक्त जोजिजु, रञ्जीत गजमेर तथा अभिनेत्री मिथिला शर्मा सम्मानित भएका थिए ।

कार्यक्रममा वात्स्यायन, वरिष्ठ साहित्यकार एवं नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त र हार्मोनी पोखराका अध्यक्ष इतु जोजिजुले सम्मानित श्रष्टालाई बधाई ज्ञापन गरेका थिए ।

प्रतिभा चयन समिति संयोजक तीर्थ श्रेष्ठले संस्था, पुरस्कार र सम्मानित व्यक्तित्वको परिचय राखेका थिए ।

सम्मानित व्यक्तित्व राणाले केन्द्रले सम्मान गरेकामा केन्द्र र चयन समितिप्रति कृतज्ञता ज्ञापन गरिन् ।

अर्का सम्मानित व्यक्तित्व रेग्मीले स्वच्छ भावनाले साधनारत स्रस्टालाई संस्थाले प्राथमिकतामा राख्नु आफैमा गौरवको विषय रहेको भन्दै खुसी व्यक्त गरे ।

कार्यक्रममा केन्द्रका द्वितीय उपाध्यक्ष श्यामलाल श्रेष्ठ र प्रतिभा चयन समिति सदस्य प्रेम कर्माचार्यले पनि बोलेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ