arrow

मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ : सचिव आचार्य

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
bhim-acharya.jpeg
काठमाडौँ। नेकपा (एमाले)का सचिव भीम आचार्यले संविधान संशोधन देश र जनताको हितमा नरहेकाले अहिले ल्याउन नहुने बताएका छन् । रिपोर्टर्स क्लबले आयोजना गरेको अन्तक्रिया कार्यक्रममा आचार्यले भने – संशोधनका नाममा राष्ट्रघाती मुद्दा उठाएर मुलुकलाई ध्रुवीकरण गर्न खोजिएको छ । 
 
सचिव आचार्यले संविधान संशोधनको औचित्य मुलुकको पक्षमा हुने भएमा आफ्नो पार्टीले त्यसलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यतिबेला निर्धारित समयमा चुनाव गरेर संविधान कार्यान्वयनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । 
 
प्रधानमन्त्रीका सल्लाहकार नारायण दाहालले संविधान संशोधन गराउने उद्देश्यले गठन भएको वर्तमान सरकार प्रमुख दलको सहमतिमा प्रस्ताव दर्ता गराउने गृहकार्यमा लागेको बताउँदै यसले दलबीच सहमति कायम भई मुलुकमा चुनाव गराउने वातावरण बन्ने छ भने। 
 
नेपाली काँग्रेसका सांसद रामकृष्ण यादवले संविधान संशोधनको विषयलाई लिएर आफ्नो पार्टीभित्र कुनै दुई मत नरहेको प्रस्ट पार्दै संविधान संशोधन अहिलेको आवश्यकता भएको र प्रदेश सीमाङ्कनको विवाद समाधानका लागि प्रधानमन्त्रीले अघि सारेको संशोधन प्रस्तावमा आफ्नो दलको पूर्ण समर्थन रहेको बताए । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ