arrow

अझै सकिएन कैलाश सिरोहियाको अनुसन्धान, थप तीन दिन हिरासतमा राख्न अनुमति

logo
हाम्रा कुरा
प्रकाशित २०८१ जेठ १४ सोमबार
kailash-sirohiya-arrest-81-.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अधय्क्ष कैलाश सिरोहियालाई जिल्ला अदालत धनुषाले तेस्रो पटक तीन दिनको म्याद थप गरको छ ।

अदालतले सोमबार सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति दिएको हो । सिरोहिया गत मंगलबारदेखि प्रहरीको हिरासतमा रहेका छन् । 

नागरिकता दुरुपयोग सम्बन्धी कसुरमा पक्राउ परेका सिरोहिया हिरासतमा रहेको बेला अस्वस्थ्य बनेपछि जनकपुरस्थित काव्या अस्पतालमा उपचार गराइरहेका छन् । 

गत मंगलबार सिरोहियालाई काठमाडौंस्थित कान्तिपुर मिडिया ग्रुपको कार्यालयबाटै पक्राउ गरी बुधबार बिहान जनकपुर पुर्याइएको थियो । 

बुधबार अदालतमा उपस्थित गराइएका उनलाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिइएको थियो । शुक्रबार पुनः तीन तीनको म्याद थपिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ