arrow

नेपाल ‘एक चीन नीति’प्रति पूर्ण प्रतिबद्ध छः मन्त्री पाण्डे

logo
प्रकाशित २०७३ मंसिर १४ मंगलबार
hitraj-pandey.jpeg
काठमाडौँ । सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री हितराज पाण्डेले नेपाल ‘एक चीन नीति’ प्रति पूर्ण प्रतिबद्ध रहेको बताएकना छन् । 
 
नेपाल भ्रमणमा रहेको चीनको साङ्सी प्रान्तका उपगभर्नर यओ यिनलियङ नेतृत्वको छ सदस्यीय प्रतिनिधिमण्डलले मंगलबार मन्त्रालयमा गरेको शिष्टाचार भेटमा पाण्डेले नेपालमा चीन विरोधी कुनै पनि गतिविधि हुन नदिइने बताए । 
 
भेटका अवसरमा मन्त्री पाण्डेले २०६६ सालमा आफूले सोही प्रान्तको भ्रमण गरेको स्मरण गर्दै उच्चस्तरको यस भ्रमणले दुई देशबीचको सम्बन्ध अझ विकसित हुने बताए । भूकम्पबाट प्रभावितको उद्धार, राहत र पुनःनिर्माणमा चीनले गरेको सहायताप्रति आभार प्रकट गर्दै पाण्डेले नेपालको विकासक्रममा चीनको सहयोग सराहनीय छ भने। 
 
भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनीसँग अत्यन्त गहिरो सम्बन्ध रहेको बताउँदै चिनियाँ प्रतिनिधिमण्डलले समयमै भैरहवा विमानस्थलको निर्माण सम्पन्न भएपछि साङ्सी प्रान्तको लुम्बिनीसँग सीधा हवाई सम्पर्क स्थापित हुने र यसबाट ठूलो मात्रामा चिनियाँ पर्यटक लुम्बिनी भित्रनेसक्ने बताएको थियो । 
 
सो अवसरमा मन्त्री पाण्डेले लुम्बिनी र साङ्सीबीच सिधा हवाई सम्पर्क भएपछि पर्यटन प्रवद्र्धन गर्न सहज हुने उल्लेख गर्दै सरकारले विमानस्थल निर्माणमा कुनै बाधा व्यवधान आउन नदिने प्रतिबद्धता व्यक्त गरे। 
 
साङ्सी चीनमा सबैभन्दा बढी बौद्ध धर्मावलम्बी रहेको प्रान्त हो भने चीनका वर्तमान राष्ट्रपति सि जिङ पिङको गृह नगर हो । सो अवसरमा उनिहरुबीच उपहार आदानप्रदानसमेत भएको थियो । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ